कात्तिक २८ बागलुङ
देशमा विकासको नयाँ चरण सुरु गर्ने, शान्ति सम्झौता अगाडि बढाउने र आगामी दिनमा देशको विकास गर्ने पार्टी नेपाली कांग्रेस रहेको नेपाली कांग्रेका केन्द्रिय प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले बताउनु भएको छ ।
नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ प्रदेश सभा २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका नेता महतले देशमा दुख परेमा छोडेर भाग्ने, अवसर पाए लिन आउने पार्टी नेपाली कांग्रेस नभएको बताउनु भयो

“नेपाली कांग्रेसले देशको समृद्धि, विकास र हरेक परिवर्तनमा अग्रणी भुमिका निर्वाह गरिरहेको बताउँदै पार्टीले गरेका राम्रा कामको प्रचार हुन नसकेका कारण राम्रो कामको पनी प्रचार गर्न नेता कार्यकर्ता लाई आग्रह गर्नुभयो । ”
देशमा विभिन्न नयाँ पार्टीहरूको उदय भएपनी राम्रो काम गर्न नसकिरहेको बताउँदै पार्टीभित्र आसपमा मिलेर अगाडी बढ्नुको विकल्प नरहेको बताउनु भयो ।
ठुला पार्टीलाई बाहिर राखेर माओवादीले देशमा सत्ता चलाइरहेको बताउँदै सानो दलले दुइ ठुला दललाई प्रयोग गरेर चलखेल गरिरहेका कारण नेपाली काङ्ग्रेस र एमाले बिचको सरकार गठन भएको बताउँदै अव आउने चुनावमा एमाले र कांग्रेसले कसैलाई बोकेर नहिँड्ने बताउनु भयो ।
प्रवक्ता महतले थप बोल्दै सालझण्डी ढोरपाटन सडक आयोजना अन्र्तगत ढोरपाटन क्षेत्रमा विकासले गति नलिएको देखिएका कारण आफूले पनी चाँडै निर्माणको काम हुने गरी पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।


कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य गोविन्द भट्टराई, नेपाली कांग्रेस जिल्ला सभापति माननीय जित बहादुर शेरचन, माननीय दिलमाया पौवी, माननीय दिपेन्द्र बहादुर थापा, जिल्ला उपसभापति तारानाथ पौडेल, क्षेत्रीय सभापती जोक लाल बुढा, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत लगायतको शुभकामना मन्तव्य रहेको थियो ।
वक्ताहरूले पार्टीलाई थप मजबुत र उचाइमा लैजाने गरी नेता कार्यक्रता एक ढिक्का भएर अगाडी बढ्नुपर्ने र पार्टीले गरेका राम्रो कामको प्रशंसा सहित गलत प्रवृत्तिको विरोध गर्नुपर्नेमा जोड दिएका छन ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि कृष्ण थापा, दिपेन्द्र श्रेष्ठ गल्कोट नगरपालिका प्रमुख भरत शर्मा गैरे, निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ती लगायतको आतिथ्यता रहेको हो । कार्यक्रम नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ प्रदेश सभा २ का सभापति मेषलाल शर्माको अध्यक्षता, सचिब हेमराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको हो ।










