कात्तिक २८ बुर्तिबाङ
ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाबाट विभिन्न पार्टी परित्याग गर्दे २० जना नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन ।

बुर्तिबाङ मङ्गलबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रता भेटघाट कार्यक्रमको अवसरमा नेकपा एमाले ढोरपाटन नगरकमिटी वडा नम्बर १ का अध्यक्ष सुरज विश्वकर्मा सहित २० जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।
नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चाका गरी २० जना कार्यकर्ता नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको ढोरपाटन नगर कार्यवाहक सभापति विनोद भण्डारीले बताउनु भयो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश सभा २ ले आयोजना गरेको कार्यक्रता भेटघाट तथा प्रशिक्षण कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रिय प्रवक्ता तथा पूर्व अर्थमन्त्री प्रकाश सरण महतको उपश्थिती संगै आगन्तुक कार्यकर्तालाई स्वागत गर्नूभएको हो ।
कार्यक्रममा केन्द्रिय सदस्य गोविन्द्र भटराई, जिल्ला सदस्य जीत बहादुर शेरचन, प्रदेश सभापती जोकलाल बुढा, केन्द्रिय महाधिवेशन प्रतिनिधी दिलमाया पौवी, प्रदेश २ सभापती मेशलाल शर्मा ढोरपाटन नगर सभापती धन बहादुर कायत, कार्यवाहक सभापती विनोद भण्डारी लगाएतले स्वागत गर्नुभएको हो ।
कार्यक्रममा नेता कार्यक्रताको उपश्थिती रहेको थियो ।










