भाद्र २५ बुर्तिबाङ
जिल्लाका सबै स्वास्थ्य संस्थाहरु मध्ये बोहोरागाउँ स्वास्थ्य चौकी सर्वोत्कृष्ट भएको छ ।
स्वास्थ्य कार्यालय बागलुङले आयोजनामा गरेको जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा आ।व २०८०र०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमका बिभिन्न सुचकका आधारमा गरिएको मुल्याङ्कनमा उत्कृष्ट कार्य सम्पादन गरी बोहरागाउँ स्वास्थ्य चौकी प्रथम भएको हो।
बागलुङमा ११९ वटा स्वास्थ्य चौकी रहेका छन् ति संस्थाहरु मध्येबाट बोहोरागाउँ स्वास्थ्यचौकी सर्वोत्कृष्ट बनेको हो ।
मुल्याङ्कनका आधारमा ग्वालिचौर स्वास्थ्य चौकी दोस्रो, दर्लिङ स्वास्थ्य चौकी तेस्रो र आधारभुत स्वास्थ्य सेवा केन्द्र खर्बाङ चौथो भई स्वास्थ्य कार्यालयबाट पुरस्कृत भएको छ ।
जिल्लामा दशवटा स्थानीय तह मध्ये सम्पादित स्वास्थ्य कार्यक्रमका बिभिन्न सुचकहरुका आधारमा गरिएको मुल्याङ्कनमा बडिगाड गाउँपालिका प्रथम भएको छ ।
बिभिन्न सुचकका आधारमा बोहरागाउँ स्वास्थ्य चौकी जिल्लामै प्रथम










