सालझण्डी ढोरपाटन आयोजना र निर्माण कम्पनीले चासो नदेखाएपछि ढोरपाटन नगरपालिकाले विभिन्न स्थानमा अवरुद्ध भएको बुर्तिबाङ —ढोरपाटन सडक अण्ड नियमित सफा गरेर सिधा सवारी आवतजावत सहजता प्रदान गरेको हो ।
३२ किलोमिटर खण्ड रहेको बुर्तिबाङ ढोरपाटन खण्डमा पटक पटक पहिरो जाने, बाढीले सडक बगाउने समस्या सँगै विभिन्न स्थानमा रहेका खाडल पुर्ने काम गर्ने गरेको हो ।

जनप्रतिनिधि, नगर प्रहरी लगाएतको सक्रियतामा सडक निरन्तर सञ्चालनमा सक्रियता रहँदै आएको जनाइएको छ ।
नियमित सडक सफा गर्दे गर्दा स्थानीय नागरिक संगै ढोरपाटन पुग्ने पर्यटकलाई सहज भएको कार्यपालिका सदस्य दिलिप थापाले बताउनु भयो ।











