बुर्तिबाङ राईजिङ युवा क्लबद्धारा गत बर्षको आम्दानी खर्च विवरण सार्वजनिक


बुर्तिबाङ राईजिङ युवा क्लबद्धारा गत बर्षको आम्दानी खर्च विवरण सार्वजनिक गरेको छ । 


सोमबारको भेला मार्फत क्लबले आर्थिक बर्ष २०८०÷०८१ को आम्दानी खर्चको विवरण प्रस्तुत गर्दे आगामी कार्यक्रमको सन्दर्भमा सुझाव संकलन गरेको हो । क्लबको गतबर्ष कोजाग्रत पूर्णिमा मेला सञ्चालनको सन्दर्भमा कुल १८ लाख ४५ हजार ९ सय ३६ रुपैयाँ आम्दानी र २२ लाख २६  हजार ६ सय ४० रुपैयाँ खर्च गर्दा अझै ३ लाख ८० हजार ७ सय ३ रुपैयाँ क्लब घाटामा हरेको विवरण प्रस्तुत गरिएको हो । 


उठन बाँकी १ लाख ८० हजार १ सय रुपैयाँ रहेको बताइरहँदा सहभागिले क्लबले क्षमता अनुसारका कार्यक्रम गर्न र मेला अवधीलाई छोटो बनाएर सभ्य बनाउन सुझाव दिएका छन । 


क्लबले तिर्न बाँकी रकम पहिलो प्राथमिता दिएर तिर्नुपर्ने् र यसबर्षको कोजाग्रत मेलाको तयारीमा जुट्न आग्रह गर्दे एतिहासिक मेलालाई जोगाएर अगाडी बढ्न सबैको साथ सहयोग लिएर अगाडी बढ्न आग्रह गरेका छन ।

कार्यक्रममा क्लब अध्यक्ष मोतिलाल विश्वकर्माले बोल्दै आफुहरुले तिर्न बाँकी रकम चाँडै तिर्ने र यसबर्षको कार्यक्रमको तयारी अगाडी बढाउने बताउँदै क्लबले गरिरहेका रचनात्मक कार्यमा सबैले साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img