निसीखोला गाउँपालिकाले बिहीबार देखि बजार अनुगमन सुरु ।

भदौ १३ बुर्तिबाङ

निसीखोला गाउँपालिकाले बिहीबार देखि बजार अनुगमन सुरु गरेको छ । चाडपर्व नजिकिँदै गर्दा गाउँपालिकाले सम्पूर्ण वडामा रहेका व्यवसायको अनुगमन गर्ने गरी अभियान सुरु गरेको हो ।

बिहीबार निसीखोला गाउँपालिका ४ झिवाखोला बजारदेखि सुरु गरिएको अभियानमा गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ति, उपाध्यक्ष प्रेम बहादुर घर्ति, प्रमुख प्रशासकिय अधिकृत जिवन पुन, वडा अध्यक्ष टिकानिधी पौडेल, चन्द्रसिंह रामजाली, रमेश विक्रम शाही लगायत जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रतिनिधि, पत्रकार , प्रहरी लगाएतको टोलीले झिवाखोला बजार, देविस्थान बजार, जुग्जाखोला लगायत मध्यपहाडी लोकमार्ग आसपासका रहेका पसलहरूको अनुगमन गरेको हो ।

चाडपर्व नजिकिँदै गर्दा अखाद्य वस्तुको बिक्री हुन सक्ने सम्भावनालाई ख्याल गर्दे अनुगमन सुरु गरिएको र अनुगमनका क्रममा व्यवसायीलाई सचेत बनाउने, स्थानीय पालिकामा दर्ता नवीकरणका निम्ती आव्हान गर्ने, मूल्य शुचि राख्न सचेत गराउने, सरसफाइ लगायतका विषयमा व्यवसायीलाई सचेत गराउँदै अखाद्य वस्तु बिक्री गरेको खण्डमा जफत गरेर नष्ट गर्ने अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बताउनु भयो ।

अनुगमनको क्रममा गत बर्षको तुलनामा व्यवसायीहरू धेरै सचेत भइसकेको र अखाद्य बस्तु समेत गत बर्षको तुलनामा ७० प्रतिशत कम भेटिएको गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले बताउनु भयो ।

पालिकाले म्याद गुज्रिएका सामान जफल गरेर डिस्पोजका लागी राखेको छ । चाउचाउ, विस्कुट, चिसो प्य पर्दाथ, भुजा, लगायतका बस्तु म्याद गुज्रिएको अवस्थामा देखिएपछि जफत गर्दे आगामी दिनमा मिती हेरेर मात्र सामान विक्रीका लागी राख्न आग्रह गरिएको र पुनह यस्ता घटना दोहोरीएमा कानुनी कार्वाही प्रकृया अगाडी बढाइने बताइएको थियो । 

पालिकाले भाद्र १२ गतेदेखि १५ गतेसम्म ७ वटै वडामा पुगेर अनुगमन गर्ने लक्ष्य लिएको छ । समय समयमा गरिने बजार अनुगमनले बजारलाई व्यवस्थित बनाउन, अखाद्य वस्तुको बिक्री वितरण रोक्न र व्यवसायीलाई सचेत बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने गरेको स्थानीय नागरिकको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img