भदौ ११ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका ३० जना युवाहरूका निम्ती विवाईसी बागलुङको आयोजनामा होमस्टे सञ्चालन तथा
व्यवस्थापन सम्बन्धी एक महिने तालिम मङ्गलबार देखि बुर्तिबाङमा सुरु भएको छ ।
दिगो पर्यटन प्रबन्धन परियोजना कार्यक्रम अन्तरगत पर्यटकीय सम्भावना बोकेका क्षेत्रको सम्भावनालाई मध्यनजर गर्दे पर्यटन, रोजगारी र युवा पिँडीमा देखिएको विदेश मोह रोक्नका निम्ती १६ वटा वडाका होम स्टे सञ्चालन गर्न चाहने तथा सञ्चालन गरिरहेका युवाहरूका निम्ती एक महिने तालिमको आयोजना गरिएको उत्तम अर्यालले बताउनु भयो ।
३० दिन सम्म सञ्चालित तालिमबाट व्यवस्थित र होमस्टेको मापदण्ड अनुसार होमस्टे सञ्चालन गर्न र त्यसबाट पर्यटन सँगै आर्थिक रुपमा सक्षम बनाउने गरि प्रत्यक वडाबाट प्रतिनिधि मूलक रुपमा सहभागीको छनौट गरी कार्यक्रममा सहभागि गराइएको जनाइएको छ ।
विवाईसी बागलुङको आयोजना, थ्रि आर इन्जिनियरिङ कन्सल्टेन्सीको प्राविधिक सहयोग र टेरर डेज होम्स को सहयोगमा सञ्चालित तालिमलाई घनश्याम गिरीले प्रशिक्षण दिनुहुने छ ।

तालिममा होमस्टे व्यवस्थापन, कुकिङ, वयटर, हस्पिटालिटी जस्ता विषयमा सहभागीलाई दक्ष बनाइने छ ।
निसीखोला र ढोरपाटन नगरपालिकामा कार्यक्षेत्र बनाएर गत जनवरी १ देखि विवाईसी बागलुङको साझेदारीतामा काम गरिरहेको डोनाल्ड टीडीएच विएमजेट जर्मनीको आर्थिक सहयोगमा संस्थाले दुई वर्ष ६ महिनाको समय अवधि सम्म दिगो पर्यटन प्रवर्धन, महिला रोजगारी, र युवा रोजगारीको विषयलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको छ ।
६ हजार घरधुरीका महिलाहरू समक्ष पुगेर उनिहरु मध्ये ३ हजार महिलालाई घरको नेतृत्व तहमा ल्याउने, उनि हरुलाई आत्मनिर्भर बन्न सिकाउनुका साथै युवालाई रोजगारी सँग जोड्ने, विद्यार्थीलाई समेत समावेश गरेर दिगो पर्यटन प्रवर्द्धनमा अगाडि ल्याउने लक्ष्य लिइएको छ ।
४८ वटा समुह गठन गरेर कार्यक्रमलाई दिगो बनाउने लक्ष्य लिएको संस्थाले हालसम्म ४५ समुहको गठन गरिसकेको छ । कृषि, पर्यटन, कफी बेकरी, टुर गाइड जस्ता क्षेत्रमा १५० बढिलाई प्रत्यक्ष रोजगारी सँग जोड्ने लक्ष्यका साथ काम भइरहेको उत्तम अर्यालले बताउनु भयो


कार्यक्रम विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षता, ढोरपाटन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुमिश्वर शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले बोल्दै सहभागिले सिकेका सिप ज्ञानलाई व्यवहारमा उतारेर अगाडि बढ्न आग्रह गर्दे कृषि, पर्यटन र होम स्टेमा प्रर्याप्त सम्भावना रहेको बताउनु भयो ।
उत्तम अर्यालको स्वागत तथा विषयबस्तु सहितको मन्तव्य रहेको कार्यक्रममा थ्रि आर इन्जिनियरिङ कन्सल्टेन्सीका अध्यक्ष राम बहादुर पुनको मन्तव्य रहेको कार्यक्रम प्रेम केसीले सञ्चालन गर्नुभएको थियो ।










