बुर्तिबाङमा राष्ट्रिय दलित आयोगका पदाधिकारी र दलित अगुवा बिच अन्तरकृया ।

 भदौ ६ गते

बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा लगायत केन्द्रिय पदाधिकारी ,दलित अधिकारकर्मी लगायत दलित अगुवाको बिचमा अन्तरकृया कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष माननीय देवराज विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै दुर्गा विश्वकर्मा ,राजु विश्वकर्मा , आलोक पोखरेल ,समीक्षा भट्टराई , साम्याङ लिम्बु , अस्मिता पाण्डे लगायत राजनीतिक दलका जनप्रतिनिधि बुद्धिजीवी दलित अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अवसरमा सहभागिले राष्ट्रिय दलित आयोगका अध्यक्ष माननिय देवराज विश्वकर्मा समक्ष दलित अधिकारकर्मीहरूले आआफ्ना जिज्ञासा ,समस्या लगायत विभिन्न विषयमा प्रश्न समेत गरेका थिए । सहभागि अशोक स्मिथ ,लोकेन्द्र सुनार , निसीखोला दलित सञ्जालका अध्यक्ष रोशन विश्वकर्मा , ढोरपाटन नगर कार्यपालिका सदस्य दिलिप कुमार थापा लगायतले आफ्नो धारणा गुनासो र सुझाव व्यक्त गरेका हुन ।

कार्यक्रममा दलिका हकहित र दलितका सम सामूहिक समस्या, जातीय विभेद हटाउन के कस्ता भूमिकाहरू खोल्न सकिन्छ , दलितलाई कसरी अग्रसर बनाउन सकिन्छ , स्थानीय स्तरमा दलितका लागी के कस्ता समस्या छन ,यसलाई कसरी निर्मूल पार्न सकिन्छ भन्ने कुराको छलफल समेत भएको थियो ।

सहभागिले राखेका प्रश्न, जिज्ञासा र गुनासोको सन्दर्भमा आफ्नो धारणा राख्नु भएको हो । शिक्षा सँग सम्बन्धित विषय तथा जनता सँग विभिन्न विषयमा जनताको विचमा पुग्ने र समाजमा रहेको समस्या कसरी समाधान गर्न सकिन्छ भने उद्देश्यले आफु बागलुङ आएको बताउनु भयो ।

समाजमा हुने जातीय छुवाछुत, भेदभावको अन्त्य गर्नका निम्ती अधिकार कर्मी जागरुक हुनुपर्ने र राज्यले कानुनलाई पूर्ण रुपमा पालना गर्न आवस्यक रहेको बताउनु भयो । त्यस्तै दलितका समसामयिक विषयमा समपुर्ण दलित अधिकार कर्मी द्धारा राष्ट्रिय दलित आयोगका अध्यक्ष माननीय देवराज विश्वकर्मालाई ज्ञापन पत्र समेत बुझाइएको थियो ।

कार्यक्रम योगेन्द्र विश्वकर्माले सञ्चालन गर्नुभएको हो । 

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img