भाद्र ३ गते ढोरपाटन
आज जनैपूर्णिमाको अवसरमा ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराह मन्दिरमा पुजा आजा गर्न, भागल गरेका तथा भेटी चढाउन नेपालका विभिन्न स्थानबाट धार्मिक तथा प्रर्यटकिय स्थल ढोरपाटनमा सयौँ श्रदालु भक्तजन तथा दर्शक ढोरपाटन पुगेका छन । आज बिहानै देखि पुजा पाठ सुरु भएको छ ।
देशका विभिन्न स्थानबाट आएका भक्तजनले लाईनबद्ध रुपमा पुजापाठ गरिरहेका छन । बिहान ५ बजेदेखि नै पुजापाठ सुरु भएको समितीले जनाएको हो । हालसम्म तिनसय बढि भेडाको बलि चढाइएको र करिब ८ सय भेडाको बलि दिइने गरि टिकट बुक भइसकेको पुजा व्यवस्थापन समिती सदस्य जल बहादु पुन मगरले बताउनु भयो । मन्दिरमा दर्शका निम्ती हजारौँ भक्तजनको सहभागिता रहेको हो ।


ढोरबराहको दर्शन गरेमा तथा भेँडाको बली चढाएमा मनोकाँक्षा पुरा हुने जनविस्वास रहिआएको छ । परापूर्व कालदेखि ढोरपाटन उपत्यकामा रहेको ढोरबराह मन्दिरमा पुजा आजा गर्न जनैपूर्णिमा र बैसाखे पूणिमाको अवसरमा श्रदालु भक्तजन ढोरपाटनमा पुग्ने गरेका हुन ।
बागलुङ जिल्ला सहित छिमेकी जिल्ला गुल्मी, म्याग्दी, रुकुम, रोल्पा, प्युठान, सहित बुटवल, पोखरा काठमान्डौ लगाएत देशका विभिन्न क्षेत्रबाट ढोरपाटनमा आउने गरेको पाइन्छ । सडक असहज भएपनी जिप, बस, मोटरसाईकल, पिक अप आर्फत ढोरपाटन जानेको सँख्या बृद्धि भएको हो ।

बिहान सबेरै देखि ढोरबराह मन्दिरमा पुजापाठ हुने भएपछि भेँडा खरिद गर्नेहरु शनिबार देखि ढोरपाटन पुगेका थिए ।
उता स्थानीय क्लबको आयोजनामा विभिन्न खेलकुद तथा साँस्कृर्तिक कार्यक्रमको आयोजना गरिएपछि खेलप्रेमी, खेलाडी र दर्शकको समेत राम्रो उपश्थिती ढोरपाटनमा देखिएको छ ।










