साउन ३२ गते
बागलुङको निसीखोला गाउँपालिकाको आयोजनामा ८ दिवशिय मेलमिलाप सम्बन्धी आधारभुत तालिम शुक्रबार पालिका कार्यालयमा सम्पन्न भएको छ ।

निसीखोला गाउँपालिकाको आयोजना परिवर्तन र दिगो विकासका लागि युवा सिन्धुलीको सहजिकरणमा सुरु भएको तालिममा निसीखोला गाउँपालिका अन्तरगत जनप्रतिनिधि र स्थानीय नागरिक गरी २९ जनाले तालिम लिएका छन ।
देवानी प्रकृतिका घटनालाई मेलमिलाप कर्ताको माध्यमबाट समाजमै मिलाउने र पीडित र पीडक दुवैलाई न्याय हुने गरी कसरी मेलमिलापको माध्यमबाट समस्याको निरुपण गर्न सकिन्छ भन्ने उद्देश्य सहित सञ्चालित तालिममा ७ वटै वडाबाट जनप्रतिनिधि र स्थानीय नागरिकको सक्रिय सहभागिता रहेको हो ।


मेलमिलापलाई कानुन संबत विवादका पक्षलाई निष्पक्ष ढङ्गबाट वडा तहबाटै टुङ्ग्याउने र रचनात्मक तवरले न्याय उपलब्ध गराउने गरि तालिमको सिकाई उपलब्धी रहेको जनाइएको छ ।
प्रशिक्षक विजी घिमिरे र विराज सर्माको प्रशिक्षण रहेको तालिमबाट आफुहरुले धेरै ज्ञान हासिल गर्न सफल भएको र आफुहरुले सिकेका ज्ञानलाई समाजमा सक्रिय पूर्वक जिम्मेवारी र कानुन संवत लागु गरिने सहभागीको तर्फबाट भोटु कुमारी चन्दले बताउनु भयो ।

तालिम प्रयोगात्मक र सैद्धान्तिक रहेको बताउँदै यस्तो तालिमले न्याय सम्पादन र समाजमा भइरहेको विभिन्न समस्याको निरुपणमा महत्वपूर्ण टुवा पुग्ने सहभागि रुद्ध प्रसाद पौडेलले बताउनु भयो ।
मेलमिलाप सहजकर्तालाई समापन सत्रको कार्यक्रममा पालना गर्नुपर्ने आचार संहिता सहित सपथ ग्रहण सँगै प्रमाणपत्र उपलब्ध गराइएको थियो ।
कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष प्रेम बहादुर घर्तिले बोल्दै आफ्नो उचाईलाई माथि उठाउनका निम्ती सीप ज्ञान आर्जन गर्न आवश्यक रहेको बताउँदै यस्ता सिप ज्ञानले मानिसलाई जिम्मेवार बनाउनुका साथै सकारात्मक सोचको विकास गर्न, समाजमा हुने मनमुटाब, भेदभाव, नकारात्मक गतिविधि अन्त्य गर्नका निम्ती पनी मेलमिलाप सम्बन्धी कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सबैलाई न्याय दिने गरी जिम्मेवार पूर्वक काम गर्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षक विजी घिमिरे, विराज सर्मा , इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिक लगायतको मन्तव्य रहेको थियो ।
कार्यक्रम गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिको अध्यक्षता संगिता विकको स्वागत, प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार चन्दको सञ्चालनमा सम्पन्न भएको थियो ।










