असार २४ गते बुर्तिबाङ
सुत्केरी पछि जटिल स्वास्थ्य समस्या देखिएपछि ढोरपाटन नगरपालिका ५ की मिना बिकलाई थप उपचारका लागी हेलिकोप्टर मार्फत काठमान्डौ रिफर गरिएको छ ।

आइतबार साँझ सुत्केरी बेथा लागेपछि बुर्तिबाङ स्वास्थ्य केन्द्र आएकी २८ बर्षिया मिनाको गर्भमा रहेको बच्चा चल्न छोडेपछि स्वास्थ्य कर्मीको टिमले मृत अवस्थामा बच्चा रातिनै निकाल्न सफल भएपनि आमाको अवस्था जटिल बन्दै गएपछि थप उपचारका निम्ती काठमान्डौ पठाइएको जनस्वास्थ्य निरीक्षक केशव थापाले बताउनु भयो ।
आमाको प्रेसर अत्याधिक कम भएपछि यहाँ प्रारम्भिक उपचार गरिएको र उहाँको अवस्था जटिल हुँदै जान थालेपछि पोखराबाट हेली मगाउने तयारी गर्दे गर्दा मौसमले साथ नदिएपछि काठमाण्डौबाट हेली मगाएर सोमबार साँझ मात्रै उद्धार गरिएको बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख नविन्द्र ढकालले बताउनु भयो ।

सोमबार बिहान देखि स्थास्थ्यमा थप जटिल समस्या आउन थालेपछि उद्धार गरिएको हो ।
ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत र स्वास्थ्य कर्मीको पहल गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवँरको सक्रियतामा राष्ट्रपती महिला उत्थान जिविको पार्जन सुधार कार्यक्रम अन्तगत हेली मगाइएको जनाइएको छ ।
गृह मन्त्रालय मार्फत नेपाली सेनाको हेलिकप्टर मगाएर सुत्केरी महिलाको साँझपख मात्रै उद्धार गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।










