तमानखोला गाउँपालिकाको बजेट ३१ करोड ६२ लाख ।

बुर्तिबाङ असार १० गते
बागलुङको तमानखोला गाउँपालिकाले सोमबार आर्थिक बर्ष २०८१÷०८२ को लागी ३१ करोड  ६२ हजार २५ हजार रुपैयाँ बराबरको वार्षिक अनुमानित बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाको दोश्रो गाउँसभाको ५ औँ अधिवेशनबाट गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।


प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा क्षेत्रगत रुपमा सामाजिक विकास तर्फ ४ करोड ३२ लाख ५ हजार ६ सय, आर्थिक विकास तर्फ ९७ लाख, ६६ हजार ६ सय , पूर्वाधार विकास तर्फ ३ करोड ९२ लाख ५० हजार, वन वातावरण तथा विपद ३५ लाख ५८ हजार ३ सय र सुशासन तथा संस्थागत विकास तर्फ ३५ लाख  गरी कुल ९ करोड ७४ लाख ८० हजार ५ सय विनियोजन भएको छ ।
स्वास्थ्य तर्फ १ करोड १९ लाख शिक्षा युवा तथा खेलकुद तर्फ २ करोड ४० लाख, सडक तथा यातायात तर्फ ६० लाख, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ३५ ला रुपैयाँ बजेट विनियोजन गरिएको छ । 


विनियोजित बजेट मध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान ६ करोड ९६ लाख, राजश्व बाँडफाँडबाट प्राप्त हुने ७ करोड १२ लाख, संघीय सशर्त अनुदान ११ करोड ६६ लाख ९५ हजार, विशेष अनुदान १ करोड ६० लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान ७० लाख ८६ हजार, राजश्व बाँडफाँडबाट प्राप्त हुने ३५ लाख ८० हजार, समपूरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख विशेष अनुदान ४० लाख र पालिकाको आन्तरिक राजश्वबाट ३८ लाख संकलन हुने अनुमानित बजेट प्रस्तुत गरिएको हो । 
गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न ८ बुँदै प्रस्ताव सर्वसहमती बाट पारित गरिएको छ । 

कार्यक्रममा लेखा समिति संयोजक मन कुमारी बुढाथोकीबाट प्रस्तुत भएको लेखा सम्बन्धी प्रतिबेदन, न्यायिक समिति संयोजक हिराकुमारी छन्त्यालद्वारा न्यायिक समितिको प्रतिबेदन, गाउँपालिकाको आर्थिक ऐन २०८१, विनियोजन ऐन २०८१, आर्थिक बर्ष २०८१÷८२ को निती कार्यक्रम, बजेट कार्यक्रम, आर्थिक बर्ष २०७९÷०८० को बेरुजु नियमित सम्बन्धमा, निर्णय तथा खर्च अनुमोदन र पूर्ण खोप दिगोपना घोषणा सम्बन्धी प्रस्ताव सभाबाट पास गरिएको हो । कार्यक्रममा गाउँसभा सदस्य, पूर्व जनप्रतिनिधि, कर्मचारी, पत्रकार, लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img