तमानखोला गाउँपालिकाको ३ वटा वडा पूर्ण संस्थागत सुत्केरी सुनिश्चत र पूर्ण खोप वडा घोषणा ।

बुर्तिबाङ असार ३ गते
बागलुङको तमानखोला गाउँपालिकाको ३ वटा वडा पूर्ण संस्थागत सुत्केरी सुनिश्चत घोषणा र पूर्ण खोप वडा दिगोपना कायम रहेको घोषणा गरिएको छ ।
गाउँपालिकाको वडा नं.४,५ र ६ लाई क्रमश पूर्ण संस्थागत सुत्केरी सुनिश्चत गरिएको वडा पूर्ण खोप दिगोपना कायम रहेको घोषणा गरिएको हो ।

वडा नं. ४ मा असार २ गते ,वडा नं. ५ मा आज र वडा नं. ६ मा जेठ ३२ गते घोषणा गरिएको छ ।
आर्थिक बर्ष २०८०÷८१ को तथ्याँक अनुसार वडा नं. ४ मा १९ जना, वडा नं. ५ मा १८ जना र वडा नं. ६ मा १३ जना सबै जना आमाहरु स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएको र बालबाबालिका दक्ष स्वास्थ्य कर्मिबाट जन्मिएका र उक्त वडाहरुमा कुनै पनी महिला घरमा सुत्केरी नभएपछि पालिकाले एक कार्यक्रमका विच पूर्ण संस्थागत सुत्केरी सुनिश्चत घोषणा र पूर्ण खोप वडा दिगोपना कायम रहेको घोषणा गरिएको हो ।
३ वटै वडामा नेपाल सरकारको तालिका अनुसार १५ महिना भित्र पाउनु पर्ने खोपको मात्रा पुरा गरेका कारण पूर्ण खोप वडा दिगोपना कायम रहेको घोषणा गरिएको छ ।
तिनवटै वडामा भएका कार्यक्रममा सम्बन्धीत वडाका अध्यक्षको अध्यक्षता, गाउँपालिका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्यता, उपाध्यक्ष हिरा कुमारी छन्त्यालको विशिष्ठ आतिथ्यता, प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्य, जनप्रतिनिधी, कर्मचारी, स्थानीय बासीन्दा लगाएतको सहभागिता रहेको थियो ।
प्रमुख अतिथी जोकलाल बुढाले बोल्दै जनताको आवस्यक र समस्यामा गाउँपालिका नजिक रहेर काम गरिरहेको बताउँदै सबैको चेतनाका कारण पूर्ण संस्थागत सुत्केरी सुनिश्चत गरिएको वडा पूर्ण खोप दिगोपना कायम रहेको घोषणा भइरहेको बताउँदै यस्ता महत्वपूर्ण लक्ष्यलाई पुरा गर्न र दिगो बनाउन अझै सबैको साथ आवस्यक रहेको बताउनु भयो ।

पालिकामा रहेका नागरिकको स्वास्थयका दृष्टिकोणले पालिकाले क्रमिक रुपमा स्वास्थ्य क्षेत्रको विकास गरिरहेको बताउनु भयो । कार्यक्रममा उपाध्यक्ष हिरा कुमारी छन्त्याल, प्रमुख प्रशासकिय अधिकृत , वडा अध्यक्ष लगाएतको मन्तव्य रहेको थियो ।
पालिकालाई यहि असार १० गते पूर्ण खोप पालिका घोषणा र आगामी बर्ष पूर्ण संस्थागत सुत्केरी सुनिश्चत घोषणा गर्ने लक्ष्य लिइएको गाउँपालिका स्वास्थय शाखा सम्योजक तिल बहादुर छन्त्यालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img