निसीको भल्कोटमा गरियो भूमे पुजा

असार २ गते बुर्तिबाङ

बागलुङ निसीखोला गाउँपालिका ५ र ६ का स्थानीयले शनिबार भुमे पुजा अर्थात – नाखा पुजा गरेका छन । मगर समुदायको चर्चित पर्वको रुपमा रहेको भूमे पुजा निसीखोला गाउँपालिका अन्र्तगत निसी र भल्कोटका मगर समुदाय र दलित समुदायले मनाएका हुन । 

प्रकृतिको पुजा गरेमा कृषकले लगाएको अन्नबाली सप्रने, रोग व्याधि नलाग्ने, बाढी पहिरो हुरीबतास लगायत प्राकृतिक विपदबाट जोगिनका निम्ति परापूर्व कालदेखि नै यसरी नाखा पुजा गर्ने गरिएको निसीखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष सूर्यमान घर्तीले बताउनु भयो । गाउँ नजिकै रहेको भूमि बराह, सिद्ध बराहको पूजा गर्ने गरिन्छ । 

भूमे भन्ने शब्द भूमि अर्थात् जमिनबाट अपभ्रम्सित भएर आएको हो  खाम क्षेत्रका मगरहरू कुनै देवी देउताको भन्दा बढी आफ्ना पुर्खा र प्रकृतिको बढी पूजा गर्दछन् हरेक वर्ष वर्षा ऋतु लाग्नु भन्दा पहिले बालीनाली लगाएपछि मनाइने यो पर्वमा प्रकृतिको पूजा गरिन्छ, साथै वर्षभरिको कामको थकान मेटाउने काम पनि हुन्छ।  

बालीनालीमा कीरा नलागोस्, बाढीपहिरोले नोक्सान नगरोस् भनेर भूमि, वनजंगल, सूर्य, चन्द्रको पूजा गर्ने चलन छ। मगर समुदायको मुख्य पर्व माघेसङ्क्रान्ति हो, त्यसपछिको पर्व भूमे नै हो। पुर्खाले जङ्गल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व मनाउन थालिएको बताइन्छ । 

 समितीको अध्यक्ष तथा तिलाचन युवा क्लबका उपाध्यक्ष बलिभद्र बूढा मगर का अनुसार खेतीपाती गर्दा केही कीरा फट्याङग्रा पनि मरेका हुन सक्छन्। त्यसबाट भएको क्षतिका लागि क्षमा माग्दै खेतीपाती राम्रो होस् भन्ने कामना हुन्छ

भूमे पर्वमा मगर समुदायका मूल झाँक्री सहित एक दर्जन झाँक्री  तालमा ताल मिलाएर घण्टी वन्य जन्तुका पखेटा, नाच्छन्। भूमे पूजा भूमिको पुजा हो। गाउँ बस्तीमा अझै पनि भूमे पूजा नभनेर भुई जमिन पूजा भनछन लगाएको अन्नबाली राम्रो होस। अन्न को सह सन्टुष्ठी,छिटो नसकिने,कम्तीले पनि धेरै समय पुग्ने होस भनेर भुमिका देवता लाई मान्ने पुजा भुमे थान त्यो समयमा अहिले को मन्दिर जस्तो भव्य नभएर मात्र पातलो खाल को छपनी चेप्टो ढुँगा २ ढुँगा ठाडो र १ छपनी को छाना भएको हुने गर्दछ। भुमे पुजा बालीनाली मा कीरा नलागोस्, असिना पानी ले नबिग्रोस्

 उत्पादन भएको अन्नको सह होस, अन्नले खान पुगोस भनेर भूमिलाई पूजा गरेको हो । यसका आफ्नै विधिहरू छन अझै चलन मा छन । आफ्नो चलन अनुसार पूजा गरिन्छ र यसको संरक्षणका निम्ति निसीखोला गाउँपालिकाले समेत आवश्यक पहल गरिरहेको गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीले बताउनु भयो ।  

 नजिकै एउटा बाख्रीलाई डोरीले बाँदे दिनभर राखिन्छ जसलाई स्थानीयले धजा अछेता सहित आफ्नो परिवार र खेतीपाती तथा प्रकृतिको विपद नआओस् भन्ने कामना सहित भाकल गर्दर्छन । वनमा पाइने धजापातमा राखेर बाख्राको घाँटीमा दिनभर झुण्डयाउने चलन छ । बाख्रालाई साँझपख विधिपूर्वक झाँक्रीले पुजा अर्चना गरेर बलि दिने चलन रहेको हो ।

छाङ चढाउनु यो पुजा को युनिकता हो। युवाहरूले जौ बाट बनाइएको छाङ मिचेर रस बनाउँछन् त्यसलाई खाने र चढाउने चलन रहेको छ । यो पुजा गर्दा जोख हेरेर झाँक्रीले बन बार्ने चलन पनि रहेको छ । बन बार्दाको दिन कसैले पनि जङ्गल मा गएर दाउरा घाँस गर्न पाउदैन। बन बारेमा र घरघरमा पुगेर झाँक्रीले ढेङग्रो बजाएर भुत प्रेत भएको खण्डमा भगाउने भन्ने चलन रहेको पाइन्छ । 

 यो दिन बिहानै घोक कटुवाल कराउने सबैले सुन्ने गरी सामूहिक सार्वजानिक सन्देश ठुलो स्वर मा कराएर सुनाउने गरिनछ । झाँक्रीले सामूहिक रुपमा विभिन्न विधिबाट आफ्नो कार्य गरिरहेको अवस्थामा सबैलाई हसाउँने र रमाइलो गर्नका निम्ति खुकुई बनाउने गरिन्छ । शरीर भरि कमेरो र मुखमा कालो मासो बनाएर काठको लिंग सहित उफ्रिँदै र अरुलाई विभिन्न अश्लिलता गतिविधि मार्फत रमाइलो देखाउने गर्दछन् ।

यस्तो पर्व आफ्नो पुर्खाहरू देखिनै सुरुवात भएको र आफूहरूले निरन्तरता दिइँदै गएको मुख्य झाँक्री बिर्खमान बुढाले बताउनु भयो । विशेष गरी बूढा मगर समुदायले मनाउने उक्त पर्वमा स्थानीय घर्ती मगर, दतिल समुदायको समेत उपस्थिति रहँदै आएको पाइएको छ ।

 यसलाई जर्गेना गर्न र पुराना संस्कृति लोप हुन नदिनाका वडा कार्यालय मार्फत संरक्षणमा ध्यान दिइएको वडा सदस्य रविन्द्र घर्ती मगरले बताउनु भयो । 

यस्ता पुराना कला र संस्कृति सँग जोडिएको विषयलाई सबैले जर्गेना गर्नुपर्ने र प्रकृतिको पुजा गर्नु आफैमा राम्रो रहेका कारण नयाँ पीडितलाई समेत कला, संस्कार र संस्कृतिको जर्गेना गर्नमा पुस्तान्तरण आवश्यक रहेको स्थानीयको भनाई छ । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img