तमानखोला ६ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा ।

बुर्तिबाङ जेठ ३२ गते

बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ६ लाई शुक्रबार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । कुनै समय बागलुङ जिल्लामै भौगोलिक रुपमा दुर्गम रहेको उक्त वडाका सबै गर्भवती महिलाहरू अस्पतालमा पुगेर सुत्केरी हुन थालेपछि वडालाई एक कार्यक्रमका बिच संस्थागत सुत्केरी वडा घोषणा तथा पूर्ण खोप वडा सुनिश्चित गरिएको हो ।

स्वास्थ्यका बारेमा ज्ञान राख्ने, विभिन्न समयमा हुने सचेतना मूलक कार्यक्रम र पालिकाले गरिरहेको स्वास्थ्य क्षेत्रमा गरिरहेको लगानीका आधारमा तमानखोला गाउँपालिका प्राय शतप्रतिशत महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुन थालेपछि पालिकाले क्रमिक रुपमा सबै वडालाई संस्थागत सुत्केरी वडा घोषणा घोषणा गर्न थालेको हो ।

यस आर्थिक वर्षमा १३ जना महिला सुत्केरी भएकोमा सबै स्वास्थ्य संस्थाबाटै सुत्केरी भएको र १ वर्षमुनिका सबै बालबालीका र आमाको अवस्था समेत राम्रो रहेको पाइएको छ । पालिका भर एकवर्षमा जम्मा एकजना महिला मात्रै घरमा सुत्केरी हुनुभएको स्वास्थ्य संयोजक तिल बहादुर छन्त्यालले बताउनु भयो ।

शुक्रबार आयोजित घोषणा सभालाई तमानखोला गाउँपालिका अध्यक्ष जोक लाल बुढाले सम्बोधन गर्दे महिला दिदीबहिनी आफै सचेत हुँदै जानु र घर परिवारले समेत राम्रो साथ दिएका कारण स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुँदै गर्दा आमा र बच्चाको ज्यान सुरक्षित हुनुका साथै मातृ तथा शिशु

मृत्युदरमा शून्यता हुँदै गएको बताउनु भयो । अध्यक्ष बुढाले भन्नुभयो यो जस तमानखोला गाउँपालिका सँगै स्वास्थ्य शाखा, जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेवीमा सँगै स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । तमानखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा राम्रो लगानी गरिरहेको बताउँदै प्रत्यक वर्थिङ सेन्टरमा सुत्केरी प्रतिक्षा घर निर्माण गरी सुत्केरीलाई खान बस्न सहितको व्यवस्था गरिएको बताउँदै सबै नागरिकको पहुँच पुग्ने गरी टोल बस्तीमा समेत स्वास्थ्य इकाई निर्माण गरिएको बताउनु भयो ।

वडा नम्बर ६ का अध्यक्ष चित्र छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायतको आतिथ्यता एवम् मन्तव्य रहेको थियो । त्यस्तै शुक्रबारै वडा नम्बर ६ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । वडा नं. ४ र ५ लाई यसै आर्थिक वर्षमा संस्थागत सुत्केरी वडा घोषणा गर्ने र आगामी बर्ष पालिकालाई संस्थागत सुत्केरी पालिका घोषणा गर्ने कार्यक्रम तय गरिएको स्वास्थ्य संयोजक तिल बहादुर छन्त्यालले बताउनु भयो ।

संयोजक छन्त्यालले कार्यक्रमको औचित्य, संस्थागत सुत्केरी वडा घोषणा गर्नुको कारण र आगामी चुनौतीका सन्दर्भमा प्रकाश पार्नुभएको थियो । गाउँपालिकामा यस आर्थिक बर्षमा ६ सय २३ जना १६ देखि ५९ महिनाका बालबालिकालाई पूर्ण खोप लगाएको छ ।

खोपको मात्रा पुरा गर्ने बालबालिकाको संख्या समेत शतप्रतिशत पुग्न थालेपछि पूर्ण खोप पालिका घोषणाको तयारी समेत अगाडि बढाइएको हो । आयोजित कार्यक्रम वडा सचिव गरिमा हर्मेलले सञ्चालन गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img