निसीखोला गाउँपालिकाद्धारा नि: शुल्क स्वास्थ्य वीमा अभियान सुरु

छविलाल पाण्डे पौष ९
निसीखोला गाउँपालिकाले आफनो पालिकाका सबै नागरीकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका निम्ती निःशुल्क स्वास्थ्य वीमा कार्यक्रम शनिवार देखि अगाडी बढाएको छ ।

पालिकाभर रहेका २३ हजार ३०० बढि नागरीकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा ल्याउन निःशुल्क स्वास्थ्य वीमा कार्यक्रमलाई अगाडी बढाइएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बताउनु भयो ।नागरीकले आर्थिक अभाव र कम चेतना स्तरका कारण रोग पालेर वस्ने र रोग लागेकै कारण सामान्य उपचार समेत पाउन नसकेर अकालमा ज्यान गुमाउनु पर्ने वाध्यतालाई अन्त्य गर्नका निम्ती पालिकाले यस्तो अभियानको सुरुवात गरेको गाउँपालिका अध्यक्ष घर्तिले बताउनु भयो ।
पालिकामा अझैपनी गरिवी, अशिक्षा र चेतनाको अभाव जस्ता समस्याले गर्दा नागरीकले स्वास्थ्यको क्षेत्रलाई खेलवाड गर्दा धेरैले अकालमा ज्यान गुमाएको देखेका छौँ निसीखोला गाउँपालिकामा अव यस्तो समस्या नहोस भन्नका निम्ती नेपाल सरकारले लिएको स्वास्थ्य वीमा अभियानमा हातेमालो गर्दे पालिका भरका सवै नागरीकलाई सहज र सरल रुपमा स्वास्थ्य सेवाको पहुँचमा पुग्ने गरी स्वास्थ्य वीमा कार्यक्रम सुरु गरीएको अध्यक्ष घर्तिले बताउनु भयो ।

शनिवार वडा नं. १ स्थित देविस्थानमा तुल्सी मल्ललाई स्वास्थ्य वीमा कार्ड हस्तान्त्रण गरेर सेवाको सुभारम्भ गरिएको र पौष महिनाभर सवै नागरीकको निःशुल्क स्वास्थ्य वीमा गरिसक्ने गरी अभियानको सुरुवात भएको गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ति मगरले बताउनु भयो । आइतबार देखि ७ वटै वडामा अभियान सुचारु गरीने छ पौष मशान्त सम्म अभियान सक्ने गरी काम अगाडी बढाएका छौँ प्रत्यक वडामा १÷१ जना स्वास्थ्य वीमा कर्मचारी खटाएर वडा र स्वास्थ्य कर्मी संगको सम्मोन्यमा कार्यक्रम अगाडी बढ्ने उपाध्यक्ष घर्तिले बताउनु भयो ।

यसवर्ष निसीखोला गाउँपालिकाले स्वास्थ्य वीमा कार्यक्रमका लागी दुई करोड बजेट विनीयोजन गरेको छ । एक बर्षका लागी हुने स्वास्थ्य वीमा अभियानबाट गाउँपालिकाका सवै नागरीकले सेवा पाउने गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिृकत दिलिप कुमार चन्दले बताउनु भयो स्वास्थ्य वीमा गरेका नागरीकले एक वर्षसम्म एकलाख रुपैयाँ वरावरको निशुल्क स्वास्थ्य उपचार र औषधि प्राप्त गर्ने छन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img