लायन्स क्लब द्धारा बुर्तिबाङ अस्पत्ताल लाई कम्बल हस्तान्त्रण ।

लायन्स इन्टरनेशनल ३२५ के नेपाल द्धारा बुर्तिबाङ अस्पत्ताललाई २५ थान कम्वल हस्तान्त्रण गरीएको छ । लायन्स क्लब अफ ढोरपाटनको पहलमा बुर्तिबाङ अस्पत्तालका बिरामीलाई सहजता होस भन्ने उदेश्य सहित सामाजिक उत्तरदायी कार्यक्रम अ्रन्र्तगत कम्बल उपलब्ध गराइएको हो ।

अस्पत्तालमा उपचारका निम्ती आउने इमेरजेन्सी विरामीलाई सहजताका निम्ती यस्तो कार्यक्रम गरीएको क्लबले जनाएको छ । पोष्ट इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी को विशेष उपश्थितीमा एक कार्यक्रमका विच कम्वल हस्तान्त्रण गरीएको हो । बुर्तिबाङ अस्पत्ताल व्यवस्थापन समितीका अध्यक्ष कमल भुषालको अध्यक्षतामा आयोजीत कार्यक्रममा लायन्स क्लब ३२५ के प्रथम भिडिजी लायन रमेश अधिकारी, दिर्तिय भिडिजी विष्णुहरी फुयाल लगाएत केन्द्र, प्रदेश र जील्ला तहका लायन्स पदाधिकारीको उपश्थिती रहेको थियो ।

क्लबले विभिन्न सामाजिक कार्य गर्दे आउँदा भर्खर सेवा विस्तार गर्दे आइरहेको अस्पत्तालमा राहात होस भन्न्ने उदेश्यले कम्वल उपलब्ध गराइएको लायन्स डिस्ट्रीक चियर पर्सन राम प्रसाद आर्चायले बताउनु भयो । लायन्स क्लब ढोरपाटन लायन्स क्बल अफ बुर्तिबाङ, लायन्स क्बल निसीखोलाका पदाधिकारीको सहभागिता रहेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी पोष्ट इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले बोल्दै लायन्स सामाजिक सेवा गर्ने संस्था भएको र यस क्षेत्रमा पनी लायन्सका माध्यमबाट थुप्रै सामाजीक कार्यक्रम भएको बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष कमल भुषालले बोल्दै लायन्स क्लबले यस क्षेत्रमा थुप्रै सामाजिक कार्यक्रम गर्दे आइरहेको र कम्बल हस्तन्त्रण कार्यक्रमले अस्पत्तालमा थप सहयोग मिलेको बताउनु भयो । त्यस्तै लायन्स क्लबको आयोजनामा निसीखोला गाउँपालिका १ मा रहेको देविस्थान माध्यमिक विद्यालयमा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । क्लबले गर्दे आइरहेको सामाजिक कार्यक्रम अन्र्तगत अन्तराष्ट्रीय सहयोगमा विभिन्न कार्यक्रम गर्दे आएको छ ।

देविस्थान माध्यमिक विद्यालयमा छात्रबास निर्माण गर्नका निम्ती नयाँ भवन निर्माणका निम्ती क्लबले आवस्यक पहल गर्ने पोष्ट इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीलवे प्रतिबद्धता जनाउनु भएको छ । विधालयमा विद्याथी पठन पाठनका निम्ती आउनै समस्या रहेको र दैनिक ४ घण्टा स्रम्म विद्यार्थी विद्यालय आउन जान हिँड्नुपर्ने बाध्यता रहेका कारण विद्यालयमा छात्रवास अनिवार्य रहेको विद्यालयका प्रध्यानाध्यापक झक बहादुर क्षेत्रीले बताउनु भयो ।

कार्यक्रममा विद्यालय व्यस्थापन समिती अध्यक्ष भरत पुन, वडा नम्बर १ का अध्यक्ष चन्द्रसिंह रामजालीले बोल्दै विद्यालयमा भौतिक संरचना निर्माणमा क्ल्बले देखाएको सक्रियता महत्तवूर्ण रहेको बताउनु भयो । कार्यक्रम रामप्रसाद आर्चायको सहजिकरणमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img