ढोरपाटनमा तथ्याङ्किय साक्षरता तथा अन्तरक्रिया ।

तथ्याङ्क समन्वय कार्यालय बागलुङको आयोजनामा बुर्तिबाङमा मंगलबार ढोरपाटन नगरपालिकाको कार्यालयमा तथ्याङ्किय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख धन बहादुर कायतको प्रमुख आतिथ्यतामा आयोजीत कार्यक्रममा कार्यक्रममा
बाग्लुङ तथ्याङ्क समन्वय कार्यालयका निमित्त कार्यालय प्रमुख चन्द्रकान्त सुवेदीले कार्यक्रमको खाका प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं १ का अध्यक्ष बान बहादुर छन्त्याल, नगरपालिका कार्यबाहक प्रमुख कल्याण कायत , ढोरपाटन नगरपालिका सम्पूर्ण कर्मचारी,निमीत्त प्रमुख प्रशासकीय अधिकृत सुर्य बहादुर विक लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुर्य बहादुर विकले कार्यलयमा भयका डाटाहरु तथ्याङ्क समन्वय कार्यालयले उपलब्ध गराउन अनुरोध गरेको खण्डमा डाटाहरुको यकिन तथ्यांक उपलब्ध गराउन अनुरोध गर्नुभयो।
कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै समन्वय कार्यालय बागलुङका निमीत्त प्रमुख चन्द्रकान्त सुवेदीले हामीले प्रयोग गर्ने जुनसुकै डाटाहरुको यकिन तथ्याङ्क अनुसार नै अरुलाई उपलब्ध गराउने र कहि कतै झुटो विवरण पेश नगर्ने र र गरेको खण्डमा जरिवाना वा जेल सजाय दुवै हुनसक्ने भन्दै सचेत गराउनुभयो । कार्यक्रम समन्वय कार्यालय बागलुङका खरिदार नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img