नेपाली कांग्रेसको गल्कोट र ताराखोलाबाट चुनावी प्रचार प्रसार तिव्र ।

नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं २ मा चुनावी प्रचार प्रसार तीव्र पारेको छ । नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार एवं काँग्रेस केन्द्रीय सदस्य टेकराज पौडेल सहित आफना समानुपातिक उम्मेदवारलाई विजयी गराउन काँग्रेस चुनावी कार्यक्रममा सक्रिय बनेको जिल्ला सहसचिव फम बहादुर खत्रीले जानकारी दिनुभयो ।

आज गलकोट नगरपालिका वडा नं ५ हरिचौर, वडा नं ६ को जंगरा र वडा नं ९ को बाँसखोलामा चुनावी कार्यक्रम तथा मतदाता भेटघाट सम्पन्न गरिएको सहसचिव खत्रीले बताउनु भयो । प्रचार प्रसारमा खटिएका काँग्रेस नेता कार्यकर्ताले कार्यक्रममा स्थानीयवासीहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरकृया गर्न थालेका हुन् ।

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार टेकराज पौडेलले लोकतन्त्र, विकास र जनताको अधिकारका पक्षमा काँग्रेस सँधै उभिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले गलकोट र आसपासलाई लक्षित गरि ईलाका प्रशासन कार्यालय, मालपोत, नापी जस्ता सेवा ईकाईको गृहकार्य पहिल्यै भईसके तापनि तर कार्यन्वयन नभएकोले उक्त कार्य आफनो प्राथमिकतामा रहेको बताउनुभयो ।

बागलुङको समग्र विकासका लागि आफूले सदनमा बलियो आवाज उठाउने उहाँको भनाई थियो । कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी मञ्जेश बम मल्ल गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँर , दिलमाया पौवी , क्षेत्रीय सभापती जोकलाल बुढा , जिल्ला सचिव गण्डकी थापा लगाएत नेताहरु सक्रिय पूर्वक चुनावी प्रचार प्रसारमा होमिनु भएको हो ।  बागलुङ क्षेत्र नं २ का ४८ वटै वडाका नागरिकका घरदैलोमै पुगेर जनताका गुनासा सुन्ने र आफ्ना प्रतिवद्धता जाहेर गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेसले जनाएको छ ।

क्षेत्र नम्बर २ को गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट चुनावी अभियान सुरु भएको छ । घरदैलो, वडा स्तरमा मतदाता भेटघाट संगै चुनावी एजेन्डा लिएर नेपाली कांग्रेसले निर्वाचनमा अगाडी बढिरहेको छ ।

क्षेत्र नम्बर २ मा आफुहरुको जित सुनिश्चत रहेको बताउँदै पार्टीका उमेदवारलाई भारी मत सहित विजयी गराउन मतदातालाई आब्ह्वान गरीएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img