बागलुङमा एमालेबाट हिरा केसी र मञ्जु शर्मा उम्मेदवार

बागलुङ 

नेकपा एमालेले बागलुङ क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष हिरा बहादुर केसीलाई उमेदवार बनाउने भएको छ । एमालेको शनिवार सम्पन्न सचिवालय वैठकले क्षेत्र नं. १ बाट केसीलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

निर्वाचन क्षेत्रीय समन्वय कमिटिले केसी सहित मन कुमारी केसी जिसी र इन्द्रलाल सापकोटालाई उमेदवारका लागि सिफारिस गरेको थियो ।

बागलुङ क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य मञ्जु चालिसेलाई उमेदवार चयन गरेको छ । क्षेत्रीय समन्वय कमिटिले चालिसेको मात्र नाम सिफारिस गरेको थियो । बागलुङ क्षेत्र नं. १ का उमेदवार केसी २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७९ को प्रदेशसभा अन्तरगत बागलुङ क्षेत्र नं. १ (क) मा उमेदवार बन्नु भएको थियो ।

दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार हरि बहादुर खड्का र प्रदेशसभा निर्वाचनम नेपाली कांग्रेसकै दिपेन्द्र बहादुर थापासंग केसी पराजित हुनु भएको थियो ।

क्षेत्र नं. २ का उमेदवार चालिसे २०७९ को संसदीय निर्वाचनमा गठबन्धनका उमेदवार देवेन्द्र पौडेलसंग प्रतिस्पर्धा गरी पराजित हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img