बागलुङ
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य ज्ञामनाथ गैरे (अनिल) लाई उमेदवार बनाउने निर्णय गरेको छ ।
जिल्लाबाट सिफारिस भएका मध्ये एक नम्बरमा रहेका अनिललाई केन्द्रले उमेदवार बनाउने निर्णय गरेको नेकपाले जनाएको छ ।

सिफारिस भएसंगै नेकपाका कार्यकर्ताहरुले अनिललाई उमेदवारका रुपमा प्रचार गरेका थिए । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय गैरे सशस्त्र द्वन्द्वकालमा जिल्ला सेक्रेटरी लगायत विभिन्न पदमा रहेर काम गर्नु भएको थियो ।
बागलुङ क्षेत्र नं २ मा यस भन्दा पहिला २ पटक हालको नेकपा, तत्कालिन नेकपा माओवादी केन्द्रका उमेदवार देवेन्द्र पौडेल विजयी हुनु भएको थियो । २०७४ मा बामपन्थी गठबन्धन र २०७९ मा बाम प्रजातान्त्रिक गठबन्धनबाट पौडेल विजयी हुनु भएको थियो ।

पौडेललाई नेकपाले नवलपरासी क्षेत्र नं२ मा उमेदवार बनाउने निर्णय गरेको छ । बागलुङ क्षेत्र नं १ को उमेदवारमा पार्टीका केन्द्रीय सदस्य कृष्ण के.सी चयन हुनुभएको छ ।










