क्षेत्र नम्बर २ बागलुङ बाट तीन हजार ३२७ जनाले गरे कांग्रेसको सदस्यता नवीकरण ।

बुर्तिबाङ मंसिर २७ गते
नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले क्रियाशील सदस्यको नवीकरण गरि जिल्ला कार्यसमितिमा बुझाएको छ । गत वर्ष पौषमा सदस्यता नवीकरण गर्नका लागि वडा–वडामा फाराम पुगेको थियो । क्षेत्रीय समितिले तीन हजार ३२७ जनाको नवीकरण गरि जिल्ला सभापती जीत बहादुर शेरचनलाई बुझाएको हो ।

क्षेत्रीय सभापति जोकलाल बुढाका अनुसार गलकोट नगरपालिकाबाट एक हजार २६२, ढोरपाटन नगरपालिकाबाट ५११, बडिगाड गाउँपालिकाबाट ६२४, निसीखोला गाउँपालिकाबाट ४३७, तमानखोला गाउँपालिकाबाट ३२३ र ताराखोला गाउँपालिकाबाट १७० जनाको नवीकरण भएको छ ।

नयाँ क्रियाशील सदस्यका लागि सबै वडामा तीन हजार १०० फाराम पठाइसकेको सभापति बुढाको भनाइ छ । नयाँ सदस्यता आगामी पौष ८ गते भित्रै गरि क्षेत्रीय समितिमा आउनु पर्ने उनले बताए । वडा अधिवेशन पौष १६ गते हुँदा नयाँ सदस्यता छिटो वितरण गर्नु पर्ने बाध्यता रहेको सभापति बुढाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img