काठेखोला गाउँपालिकास्थित एक गोठमा आगलागी हुँदा पशुचौपायामा क्षति

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकास्थित एक गोठमा आगलागी हुँदा पशुचौपायामा क्षति पुगेको छ ।

बुधबार दिउँसो काठेखोला गाउँपालिका–४ तंग्रामको फाँपरखेत बस्ने ६२ वर्षिय थम बहादुर पुनको गोठमा आगलागी हुँदा पशुचौपायमा क्षति पुगेको हो ।

आगलागीमा परी गोठमा बाँधिराखेका दुई वटा बाख्रा र एक खसी मृत्यु भएको छ भने दुई वटा भैंसी आंशिक जलेका छन् । आगलागीबाट गोठ राखिएको एक हाते ट्याक्टर, बीस एमएमको तीन क्वाइल पानीको पाइप, अन्दाजी साढे दुई क्विन्टल आलु, एक क्विन्टल मकै जलेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

आगलागीबाट गोठ पूर्ण रुपमा जलेको छ । आगलागी भएको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीय सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

आगलागी के कति कारण भयो र क्षतिबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img