ढोरपाटन बोबाङ बहुउद्देश्यीय सहकारी संस्थाको प्रारम्भिक साधारण सभा ।

 

टीडीएच बि.एम.जेट.जर्मन सरकारको सहयोग र विवाईसी बागलुङको विकास साझेदारीमा निसिखोला गाउपालिका र ढोरपाटन नगरपालिकामा संचालित दिगो पर्यटन प्रवर्द्धन परियोजना अन्तर्गत ढोरपाटन नगरपालिका वडा नं. ७ मा स्थापित ढोरपाटन बोबाङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रारिम्भक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।


उक्त प्रारिम्भक साधारण सभा कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. ७ बोबाङमा स्थापित ढोरपाटन बोबाङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष श्री निरिता कुमाई भण्डारीको अध्यक्षता र ढोरपाटन नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष श्री धनवहादुर अदैको प्रमुख अथितिविवाईसी बागलुङका उद्यम विकास अधिकृत टेक वहादुर वि.के. को विशेष उपस्थितीमा उक्त कार्यक्रम संचालन भएको थियो । 


कार्यक्रममा विवाईसी बागलुङका सामाजिक परिचालन अधिकृत ओमप्रकास सिर्पाली, सहकारी संस्थाका  सदस्य तथा विभिन्न सरोकारवाला निकायको उपस्थिती रहेको थियो । कार्यक्रममा विशेष गरी सहकारी संस्था दर्ता भएपछि सहकारी संस्थाले गरेका गतिबिधि तथा उपलब्धीहरुको विषयमा संस्थागत प्रस्तुतीकरण संचालक समितिका अध्यक्ष श्री निरिता कुमाई भण्डारी गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन प्रस्तुतीकरण कोषाध्यक्ष श्री अनिता अदैले गर्नुभएको थियो ।


सहकारी संस्थाको संस्थागत प्रतिवेदनमा उल्लेख भएबमोजिम हालसम्म सहकारी संस्थाले ३२ जना शेयर सदस्य निर्माण गरेको उक्त ३२ जनावाट प्रबेश शुल्क १६ हजार, शेयर रकम १६ हजार र मासिक बचत १७ हजार ४ सय गरी जम्मा ४९ हजार ४ सय जम्मा भएको, विवाईसी बागलुङसंगको समन्वय तथा सहजीकरणमा यस वडा नं. ७ को सेलिखोलामा रहेको सार्वजनिक जग्गा सहकारी संस्थाको नाममा लिएको, आलु चिप्स भवन निर्माणको लागि विवाईसी बागलुङसंग भवन माग गरिएको, आलु चिप्स संचालनको लागि निर्माण गरिने भवनको जग्गालाई जेसिबि मार्फत सम्याईनुका साथै उक्त भवन वनाउने जग्गाको लेआउट गरिएको र डिजाई भईरहेको सहकारी  संचालक समितिका अध्यक्षले गराउनु भयो ।

कार्यक्रमका प्रमुख अथितिले अदैले बोल्दै सहकारी संस्थालाई जिल्ला कै नमुना सहकारी बनाउने विशेष गरी आलुलाई बिबिधिकरण गरी आलुको चिप्स, आलुको मस्यौरा, आलुको सोया, आलुको रक्सी, आलुको भुजिया जस्ता वस्तु तथा आईटमहरु बनाउन सकिएमा यहाँको श्रोतहरुको सहि रुपमा सदुपयोग र यहाँका युवाहरुले यही रोजगार पाउने सम्भावना हुने, यहाँको पैसा यही रहने बताउनु भयो  ।


त्यस्तै गरी यस क्षेत्रमा अर्गानिक रुपमा उत्पादन भएको वस्तु तथा सेवालाई सहकारी मार्फत बजारीकरण गर्नुपर्ने र सहकारीको माध्यमबाट आर्थिक उर्पाजन गर्न सकिने विवाईसी बागलुङका सामाजिक परिचालन अधिकृत ओम सिर्पालीले जानकारी गराउनु भयो ।  कार्यक्रमको संचालन सहकारी संस्थाका सचिव तिर्सना अदैले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img