ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा क्षय रोगीको संख्या बढ्दो

बागलुङ । पछिल्ला वर्ष बागलुङमा क्षय रोगीहरुको संख्या बढीरहेको छ । वर्षेनी भेटिने क्षय रोगीलाई उपचारको दायरामा ल्याएपनि संक्रमणको दर भने घट्न सकेको छैन ।

प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार चालु वर्षको ८ महिनामा मात्रै बागलुङमा १७९ क्षयरोगी भेटिएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा क्षय रोगी सबैभन्दा बढी भेटिएका हुन् । भेटिएका मध्ये १ सय १४ पुरुष र ६७ जना महिला छन् ।

विश्व क्षयरोग दिवसको अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले उक्त तथ्यांक सार्वजनिक गरेको हो । क्षय रोगको स्क्रीनिङ र कन्टयाकट्रेसिङ गर्न बाँकी रहेकोले क्षयरोगी अझै बढ्ने अनुमान रहेको कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए ।

आगामी २०३५ साल भित्र क्षय रोग निवारण गर्ने लक्ष्य राखेको नेपाल सरकारले खोजी अभियानलाई पनि तीब्रता दिएको छ । अझैपनि संभावित संक्रमित मध्ये ६८ प्रतिशत मात्रै भेटिएकोले खोजपड्तालबाट मात्र निवारण संभव भएको उनले जानकारी दिए ।

क्षयरोगीले पहाडमा भए १० जना र सहरी क्षेत्रमा भए २५ जना सम्मलाई संक्रमण सार्न सक्ने भएकोले खोजी गरेर संक्रमित पत्ता लगाइ उपचारमा ल्याउन नसके रोग फैलने संभावना बढी हुन्छ ।

विभिन्न शिविर र शंकास्पद व्यक्ति तथा क्षयरोगीको संसर्गमा आएका मानिसको परीक्षणबाट उक्त संख्या भेटिएको हो । पहिलो चरणमा जिल्लाका चार स्थानीय तहलाई क्षयरोग मुक्त बनाउने अभियान समेत चलेको छ ।

गलकोट नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले यो अभियान थालेका हुन् । उक्त अभियानका लागि खोजपड्ताललाई पनि तीब्रता दिइएको हो ।

क्षय रोग मुक्त क्षेत्र बनाउन प्रतिवर्ष प्रतिएकलाख जनसंख्यामा १ जना भन्दा कम बिरामी हुनुपर्ने प्रावधान छ । त्यसका लागि खोजी अभियात तीब्र भएर उपचारको दायरामा आएपछि मात्र संभव हुने जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाले जानकारी दिए ।

‘हो हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने नाराका साथ सोमबार क्षयरोग दिवश समेत मनाईदै छ । परीक्षणको दायरा बढाउँदा संक्रमितको संख्या पनि बढ्ने संभावना छ । अघिल्लो वर्षको ८ महिनामा २ सय २७ क्षयरोगी भेटिएका थिए ।

चालु वर्ष बडिगाड गाउँपालिकामा खोजी गरेपछि यो संख्या आएको हो । अघिल्लो वर्ष यो पालिका बढी संक्रमित थियो । संक्रमितको परिवार, सम्पर्कमा रहेका नागरिक समेतलाई परीक्षण गरेपछि मात्र यो रोगको वास्तविक तथ्यांक आउने गर्छ ।

गत वर्ष क्षय रोगकै कारण जिल्लाका १० जनाले ज्यान समेत गुमाएका थिए । कार्यालयका अनुसार सबैभन्दा धेरै ढोरपाटनमा ४३ संक्रमित भेटिएका हुन् । त्यसपछि बडिगाडमा ३८ जना, गलकोटमा २८ जना, बागलुङ नगरापलिकामा २७ जना संक्रमित छन् ।

निसीखोलामा १४ जना, जैमिनीमा ७, बरेङमा ४, काठेखोलामा ७ , ताराखोलामा ४ र तमानखोलामा ३ जना संक्रमित भेटिएका हुन् । पछिल्लो समय खोजपड्ताल पनि बढाइएको छ ।जिल्ला भित्र दुइवटा मेसिन समेत जडान भएकोले परीक्षण पनि सहज बनेको हो ।

‘खोजतलास प्रभावकारी भयो भने क्षयरोगीको संख्या बढ्ने देखिन्छ,’ घिमिरेले भने, ‘छिटो पत्ता लगाइयो भने समयमा उपचार गरेर निवारण गर्न सकिन्छ ।’ अन्य रोगी बढ्नु नराम्रो हो भने क्षयरोगी पत्ता लगाएर संख्या बढ्नुलाई निवारणको प्रयास मानिने उनले बताए ।

अत्याधुनिक मेसिन बागलुङमा जडान भएपछि परीक्षणको दायरा पनि बढेको छ । यस अघि काठमाण्डौ र पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ । हाल धौलागिरि अस्पतालमा ‘एक्स्पट एक्सडिआर १० कलर’ र बुतिवाङ अस्पतालमा ‘डिएस ६ कलर’ मेसिन जडान भएको छ ।

हरेक स्वास्थ्य संस्थामा खकार परीक्षणबाट क्षयरोग पत्ता लगाउन सकिन्छ भने खकारबाट पत्ता नलागेको रोग ती मेसिनले पत्ता लाग्छ । घिमिरेका अनुसार फोक्सोको क्षयरोग सिधै खकारबाट पत्ता लगाउन सकिन्छ भने शरिरका अन्य अंगमा लाग्ने क्षयरोग भने मेसिनको सहायताले मात्र पत्ता लगाउन सकिन्छ ।

अध्ययन अनुसार नेपालका मानिसमा रौं र नङ बाहेक सबै अंगमा क्षयरोग लागेको भेटिएको हो । संख्या थपिएपनि उपचारको दायरामा छिटो लैजान ती मेसिन सहयोगी भएका छन् । नियमित औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ । बिचैमा छाड्नेबाट क्षयरोगको जटिल संक्रमण बढ्दा थप औषधि र उपचार पद्दति चाहिन्छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img