बुर्तिबाङमा भौतिकवादी समाजको प्रथम भेला ।।

चैत्र ११ गते बुर्तिबाङ

शिशिर विश्वकर्मा
बागलुङको बुर्तिबाङमा राष्ट्रिय भौतिकवादी समाजको पहिलो भेला आइतबार बसेको हो ।
“अपनाऔं तर्कशीलताको, विज्ञान र मानववाद त्याग गरौँ अन्धविश्वास र रुढिवाद” भन्ने मूल नाराका साथ आइतबार प्रथम जिल्ला एवम् दोस्रो राष्ट्रिय भौतिकवादी दिवस तथा अन्तराष्ट्रिय नास्तिक दिवस भव्य रुपमा मनाइएको हो ।
भौतिकवादी समाजको केन्द्रिय सदस्य अशोक स्मिथको अध्यक्षतामा आयोजित कार्यक्रममा दलित अभियन्ता लोक हर्मेलको स्वागत मन्तव्य, निसिखोला गाँउपालिका उपाध्यक्ष प्रेम घर्ती, निसिखोला दलित सञ्जालको अध्यक्ष रोशन स्मिथ, दलित अभियन्ता ऐ.वि खाती ,दलित अभियन्ता अनिल कुमार विश्वकर्मा, समाजसेवी,बुद्धिजीवी, दलित अगुवाई लागयत स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।
निसिखोला गाँउपालिका उपाध्क्षय प्रेम घर्तीले बोल्दै मान्छे जन्मेदेखि मृत्युसम्म र मृत्युपछिसम्म लागि गर्ने, गरिनु पर्ने भनेर बिभिन्न प्रचलन, प्रथा परम्परा, संस्कार फरक फरक धर्म संस्कृति ,सम्प्रदाय ,समूह , समाज, क्षेत्रमा त्यस्ता खालका अधिकांश धर्म सम्प्रदाय ,समुदायमा आज पनि परम्परागत संस्कार नाम अन्धविश्वासमा आधारित अवैज्ञानिक प्रथा कायम रहेको बताउनुभयो ।
कार्यक्रमका अवसरमा घर्तीले थप बोल्दै कतिपय समाज, समप्रदायका यस्ता प्रथा परम्परा समायानुकुल परिर्माजित, संसोधितर परिवर्तन हुनुपर्छ, कतिपय समुदायमा पुरानै, रुढ,  प्रथालाई नै निरन्तरता दिँदै आएको पाइन्छ ।त्यस्ता रुढ, परम्परा धर्म या संस्कार जे सुकै नाममा भए पनि अन्धविश्वासमा टिकेर पुँजीवादी ,उपभोक्तावादी, पुरातन सोचयुक्त समुदाय ,समाज र व्यक्तिले भने अन्धविश्वाजन्य, कसंस्कारजन्य र अवैज्ञानिक प्रथा ,परम्पार संस्कार थप्दै लगेको र देखावाका लागि नै भए पनि भड्किला र अनावश्यक प्रचन बढ्दै गइराखेको छ ।आफ्नो समाज, समुदाय भन्दा बाहिरका अनावश्यक कुसंस्कारहरू भित्र्याउँदै गइराखेको बताउनु भयो । 

धार्मिक सम्प्रदाय, समुदायका अवैज्ञानिक, आत्मविश्वासयुक्त संस्कार ,सुकृति र परम्पराका विषयलाई हटाउनको निम्ति लामो समय सम्म संर्घष गर्नुपर्छ, अन्धविश्वासरहित वैकल्पिक वैज्ञानिक संस्कार निर्माणका लागि महत्वपूर्ण समय दिएर लाग्नुपर्ने , वैज्ञानिक भौतिकवादी, मानविय संस्कार अपनाउन सहजै रुपममा कार्यन्वयनमा ल्याउन र वैज्ञानिक भौतिकवादी संस्कार निर्माण गर्न अत्यावश्यककु देखिएको कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन् ।
उक्त कार्यक्रममा अनिल विश्वकर्माको अध्यक्षतामा भौतिकवादी समाजको चौध (१४) जना नयाँ कार्य समिति गठन भएको हो ।
कार्यक्रम कुशल विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img