प्रभा माविको ६४ औँ वार्षिकोत्सव: जनताले विकासको अनुभुति गर्ने गरी काम गर्छु सांसद कुवँर ।

बुर्तिबाङ फागुन २ गते बागलुङको निसीखोला गाउँपालिका ३ मा रहेको प्रभा माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

शुक्रबार आयोजित उद्‌घाटन सत्रको कार्यक्रमलाई सम्बोधन गर्दे गण्डकी प्रदेश सभाका सांसद दोर्ण कुमार कुवँरले आफू प्रदेश सभामा रहँदै गर्दा जनताले विकासको आभास गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको हो । विकासका दृष्टिकोणले धेरै काम गर्न बाँकी रहेको र कतिपय कामहरू अगाडि बढिरहेका कारण सडक, पुल, खानेपानी, शिक्षा , स्वास्थ्य ,पर्यटन लगायतका क्षेत्रमा आफूले दिगो परिणाम देखिने गरी काम गर्ने बताउनु भयो ।

जनतालाई विकासको माध्यमसँग जोड्ने र विभिन्न विकासकै अभावका कारण समस्या भोग्दै आएका नागरिकका गुनासोलाई आफूले आत्मसाथ गरिरहेका कारण परिणाम देखिने गरी काम गर्ने बताउनु भयो । आफू चटक देखाउनकै निम्ती जनप्रतिनिधि नभएको बताउँदै जनमुखी काम गर्ने र नागरिकको समस्यामा हातेमालो गर्दे अगाडि बढ्ने बताउनु भयो ।

उत्तरगंगा जलाशय युक्त आयोजनाको विषयमा बोल्दै सांसद कुवँरले भन्नुभयो आयोजना तत्कालै बन्ने विषयमा कुनै प्रकृया अगाडि बढेको आफूले थाहा नपाएको बताउँदै जनताको बिचमा गलत भ्रम कसैले छर्न नहुने बताउनु भयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिका बहादुर चन्दको अध्यक्षतामा आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिको विशिष्ट आतिथ्यता रहेको थियो । घर्तीले कार्यक्रमलाई सम्बोधन गर्दे शिक्षाको गुणस्तर वृद्धि गर्न स्थानीय सरकारले महत्वपूर्ण लगानी गरिरहेको बताउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न शिक्षक, व्यवस्थापन समिती, अभिभावक सँगै स्थानीय सरकारको हातेमालो आवश्यक रहने बताउनु भयो । कार्यक्रममा निसीखोला गाउँपालिका पूर्व अध्यक्ष तारानाथ पौडेल, वडा नम्बर १ का अध्यक्ष चन्द्रसिंह रामजाली, वडा नम्बर ३ का अध्यक्ष रमेश विक्रम शाही लगायतको शुभकामना मन्तव्य रहेको हो

आयोजित कार्यक्रमका अवसरमा विद्यार्थीको सांस्कृतिक प्रस्तुती, विभिन्न विधामा उत्कृष्ट शिक्षक सम्मान, विद्यालयमा लामो समय सम्म अध्यापन रही अन्यत्र सरुवा भएका शिक्षक बिदाई लगायतका कार्यक्रम गरिएको हो । विद्यालयका प्रधानाध्यापक नवराज आर्चाय द्धारा विद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । कक्षा प्ले ग्रुपदेखि १२ सम्म पठन पाठन हुँदै आएको विद्यालयमा प्रविधी मैत्री पठन पाठन हुँदै आएको पाइएको छ ।

कार्यक्रम सहायक प्रधानाध्यापक मोहन विक्रम सापकोटाको स्वागत, शिक्षक भुमिराज आर्चायको सञ्चालनमा सम्पन्न भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित