ढोरपाटन नगरपालिकाको आयोजनामा वडा नम्बर ६ मा सार्वजनिक सुनुवाइ ।

माघ २८ गते बुर्तिबाङ बागलुङको ढोरपाटन नगरपालिकाको आयोजनामा सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नम्बर ६ को कार्यालयमा सम्पन्न भएको छ ।

चालु आर्थिक बर्ष २०८१÷०८२ को प्रथम चौमासिक सम्म भएगरेको विकास निर्माण, नगरपालिका वडा कार्यालय तथा विषoगत शाखाबाट भइरहेको सेवा प्रवाह , विकास निर्माण लगायतका विषयमा सेवाग्राही नागरिकको बिचमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन गरिएको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागि नागरिकले खानेपानी, सडक,शिक्षा, कृषि, रोजगारी लगाएतका विषयमा भइरहेको विकास निर्माण र नागरिकले भोगीरहेका समस्याका विषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन । ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतामा आयोजित कार्यक्रममा सेवाग्राही नागरिकको तर्फदेखि स्थानीय तेजीन्द्र थापा, मन बहादुर भण्डारी,गुञ्जमान घर्ति मगर, पूर्ण बहादुर विक., वोम बहादुर बुढा, सुरज वि.क., भिम कुमारी भण्डारी, दम बहादुर वि.क., दिपक बुढा मगर लगाएतले आफनो तर्फदेखि बोल्दै ग्रामीण क्षेत्रमा अझैपनि खानेपानीको पहुँच नपुगेको, विद्यालयको भौतिक संरचना राम्रो बन्दै गएपनी शैक्षिक सुधार हुन नसकेको, वन ऐन र ढोरपाटन सिकार आरक्षका कारण सडक जोडिन नसक्दा नागरिकलाई समस्या रहेको, कृर्षि क्षेत्रमा परिणाम नदेखिएको, लगायतका विषयमा नागरिकले स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका हुन ।

सहभागिले सालझण्डी ढोरपाटन सडक आयोजना समयमा निर्माण पुरा हुन नसकेका कारण समस्या रहेको, बुर्तिबाङ बसपार्क समयमा निर्माण हुनुपर्ने, सार्वजनिक शौचालय भवन, वडा कार्यालय भवन निर्माण लगायतका विकास पूर्वाधारमा ध्यान दिन आग्रह गरेका हुन ।

त्यस्तै स्वास्थ्य संस्थामा प्रर्याप्त औषधि अभाव रहेको गुनासो व्यक्त गरेका हुन । सहभागि नागरिकले उठाएका प्रश्नको कार्यवाहक मेयर धन बहादुर कायत, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे, वडा नम्बर ६ का अध्यक्ष उमेश कुमार बुढा, स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्मा, प्राविधिक ध्वज सावद लगायतले नागरिकबाट आएका प्रश्न र जिज्ञासाको विषयमा चित्त बुझ्दो जवाफ दिनुभएको हो ।

कार्यवाहक मेयर धन बहादुर कायतले थप बोल्दै नागरिकको तर्फदेखि विकास निर्माण, सुशासन, पारदर्शिताको सन्दर्भमा प्रश्न, जिज्ञासा आउनु स्वभाविक भएको बताउँदै नागरिक स्तरबाट हुने खबरदारीले स्थानीय सरकारलाई समृद्ध, परिणाम मुखी बनाउन सहयोग पुर्याउने बताउनु भयो । नागरिकले राखेका प्रश्नको जवाफमा खानेपानी, कृषि, सडक, शिक्षा लगायतका क्षेत्रमा नगरपालिकाले सामर्थ्यले भ्याएसम्म काम गरिरहेको र ठूला योजनाका निम्ती प्रदेश र संघ सरकारमा पहल गरिरहेको बताउनु भयो ।

आफु कार्यवाहक मेयर हुँदै गर्दा मेयर र उपमेयर दुबै पदमा काम गर्नुपर्दा नागरिकको बिचमा कम उपश्तिथी भएपनी जनअपेक्षा वमोजीम काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरेले चालु आर्थिक बर्षको प्रतिवेदन प्रस्तुत गर्नूभएको हो । जसमा ६८ करोड ५३लाख ५० हजार ५०० मध्ये ३९ं४१ प्रतिशत वित्तिय प्रगती भएको विवरण प्रस्तुत गर्नुभएको हो । चालु खर्च ४०.०६ र पुँजिगत तर्फ ३८.३१ प्रतिशत खर्च भएको पाइएको छ । १८६ भौतियो योजना मध्ये १०५ वटाको सम्झौता भई २७ योजनाको भुक्तानी तथा फरफारक भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विषयगत शाखाका प्रमुख, प्रहरी, स्थानीय नागरिक , पत्रकार लगाएत १०० बढिको सहभागिता रहेको थियो कार्यक्रम वडा नम्बर ६ का अध्यक्ष उमेश कुमार बुढाको स्वागत सामुदायिक रेडियो ढोरपाटनका स्टेशन प्रमुख छविलाल पाण्डेको सहजिकरणमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित