मंसिर ८ बुर्तिबाङ
जन्मिएको ५९ बर्ष भयो– आफूले थाहा पाउँदा देखिनै सँधै खानेपानीको अभाव भोगियो धेरैलाई चुनाब गराएर जिताएर पनी पठाइयो पानी खुवाउँछौँ भन्दै धेरै आए तर— “अँह पानी अझै आएन” यो भनाई हो अर्नाकोट देउरालीका लाल बहादुर कुवँरको लाल बहादुर कुवँर जस्तै सयौँ घरका सयौँ नागरिकको हो ।
गाउँमा मोटर पुग्यो, फोन पुग्यो , अरु सामान्य विकास पनि भयो तर खानेपानी पुगेन अब सबै छोडेर खानेपानी पाएमा आफुहरुले गाउँ नछोड्नेमा अर्नाकोट, देउराली, लगाएत आसपासका गाउँका नागरिकको भनाई छ ।
कहिले कुवाको पानी, कहिले पम्पिङ, कहिल घैँटामा संकलन गरेर पनी पानीको अभाव खेप्दै आएका निसीखोला गाउँपालिका २ सहित ढोरपाटन नगरपालिका २,५,७,८ र ९ का नागरिकलाई खानेपानीको पहुँचमा पुग्ने गरी यसै बर्षदेखि काम सुरु गर्ने गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले प्रतिबद्धता जनाउनु भएको छ ।
शनिबार जनताको माझमा पुगेका माननिय कुवँरले अब जनता खानेपानी समस्या प्रतिको गुनासो र समस्या चाँडै सुल्झिने प्रतिबद्धता जनाउँदै यसै बर्षदेखि ४० करोड बराबर लागतमा दुई हजार १ सय घरधुरीलाई प्रर्याप्त खानेपानीको पहुँच पुग्ने गरी काम हुने बताउनु भयो ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्र्तगत संचालन हुने जलवायु अनुकुलन वृहत खानेपानी आयोजना कार्यान्वयनका निम्ती आवश्यक प्रकृया पुरा भइसकेका कारण चाँडै आयोजना निर्माणको कामले गति लिने बताउनु भयो । कुल ४० करोड ३६ लाख ९४ हजार लागतमा बन्ने उक्त आयोजना ढोरपाटन नगरपालिका ९ स्थित ठुलो खोलीबाट पानी लिएर जनताको घरघरमा पुर्याउने गरी योजनाको स्रोत सुनिश्चितता भएको बताउनु भयो ।
सरकारको तर्फदेखि कुल लागतको ९० प्रतिशत अर्थात ३६ करोड ३३ लाख २५ हजार र स्थानीय उपभोक्ताको तर्फदेखि १० प्रतिशत जनश्रमदान वेहोर्ने गरी आयोजना निर्माण हुने बताउँदै विभिन्न २३ स्थानमा ट्याँकी निर्माण गरेर खानेपानीको समस्या रहेका बस्तिमा सहज पानी उपलब्ध गराउने बताउनु भयो ।
चाँडै प्राविधिक सहितको टिम फिल्डमा आउने र काम सुचारु हुने माननीयको भनाई छ । गाउँमा प्रर्याप्त पानी आउने खबर पाएपछी स्थानीय नागरिक खुसि भएका छन । आफूहरूको चाहाना, समस्या चाँडै सम्बोधन हुनेमा आफुहरु विश्वस्त रहेको स्थानीय ओम बहादुर रसाइलीले बताउनु भयो ।
ढोरपाटन नगरपालिका ९ देखि गण्डकी प्रदेस र ढोरपाटन नगरपालिकाको पहलमा खानेपानी ल्याइएपनी व्यवस्थित हुन नसक्दा उक्त आयोजनाबाट अधिकांस नागरिक लाभान्वित हुन सकेका छैनन ।
अब बन्ने योजना सफल भएपछि निसीखोला गाउँपालिका २ देउराली गाउँ, ढोरपाटन नगरपालिका २ खल्बाङ, अर्नाक, माडे, तुसारे, अर्नाकोट, वडा नम्बर ५ को मस्ति, चौर, निन्नेचौर, पाखापानी , वडा नम्बर ७ को घम्पु लगायत वडा नम्बर ८ र ९ का अधिकांस घरधुरी सहज खानेपानीको पहुँचमा पुग्ने जनाइएको छ ।