नेपाल सुनचाँदी व्यावसायी महासङ्घ शाखा कार्यालय बुर्तिबाङको १३ औं वार्षिकोत्सव सम्पन्न 

असोज १ गते बुर्तिबाङ

नेपाल सुनचाँदी व्यावसायी महासङ्घ शाखा कार्यालय बुर्तिबाङको १३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । २०६९ सालमा सुनचाँदी व्यावसायि को हक हित र अधिकार स्थापित गर्ने उद्देश्य सहित स्थापित संस्थाले १३ औं वार्षिकोत्सव औपचारिक कार्यक्रम सहित मङ्गलबार सम्पन्न गरेको हो ।

समितिका अध्यक्ष बोम बहादुर सुनारको अध्यक्षतामा सञ्चालित कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रसासकिय अधिकृत चिरञ्जीवी घिमिरेको प्रमुख आतिथ्यमामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि घिमिरेले बोल्दै सुनचाँदी व्यवसाय आफैमा कठिन व्यवसाय भएको बताउँदै व्यावसायिलाई  परेका समस्यामा ढोरपाटन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने बताउनु भयो ।

उहाँले थप बोल्दै व्यवसायीको सहहितमा नगरपालिकाले साथ दिने बताउँदै विभिन्न व्यवसायबाट लिइने राजश्वबाट नै नगरपालिकालाई समृद्ध बनाउन टेवा पग्ने बताउँदै व्यवसायिहरु करको दायरामा आउनु पर्ने बताउँदै नगरपालिकामा दर्ता भएका तर कर तिर्न बाँकी रहेका व्यवसायीलाई लक्षित गर्दे नगरपालिकाले पचास प्रतिशत सम्म कर छुटको व्यवस्था गरेको बताउनु भयो ।

कार्यक्रममा ईलाका प्रशासन कार्यलय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवर, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख आनन्द बस्नेत, उद्योग वाणिज्य संघ बुर्तिबाङका अध्यक्ष ढालेन्द्र छ्न्त्याल, वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्याल, पत्रकार तथा लायन्स क्लब ढोरपाटनका अध्यक्ष छविलाल पाण्डे, पत्रकार लोकेन्द्र सुनार ,स्थानीय गुञ्ज बहादुर भण्डारी, रोशन विश्वकर्मा, अशोक सुनार, सम्पूर्ण बैङ्कको तर्फबाट नेपाल बैंकका प्रमुख सुनिल चौधरी, रुद्रावती सुनचाँदी व्यवसायी समितिका गोकर्ण पन्थी, एनबी खाती, स्थानीय नर बहादुर गुरुङ, लोक बहादुर बिक लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम कृष्ण घतानको स्वागत संस्थाका सचिव सोम बहादुर पौबि को सञ्चालनमा सम्पन्न भएको हो ।

संस्थाले आगामी दिनमा आफ्नै स्वामित्व रहने गरी संस्था स्थापना गर्ने गरी आवश्यक तयारी गरिरहेको सचिव सोम बहादुर पौवीले बताउनु भयो ।

कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रशासन कार्यालय प्रमुख, प्रहरी प्रमुख, वडा अध्यक्ष, वडा सदस्य लगायत व्यवसायीलाई संस्थाले मायाको चिनो द्धारा सम्मान गरेको हो । कार्यक्रममा जनप्रतिनिधि, उद्योगी व्यवसायि पत्रकार, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img