जीर्ण रहेको तमान आर्दश गाउँ पञ्चायत घरलाई सामुदायिक भवन बनाइँदै ।

जेठ २ गते बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिका ३ मा परापूर्व कालमा निर्मित जीर्ण अवस्थामा रहेको आर्दश गाउँ पञ्चायत घरलाई पुनः निर्माण गरी सामुदायिक भवनको रुपमा नयाँ भवन बनाइएको छ ।

२०१५ सालतिर विभिन्न ६ गाविसका जनताले जनश्रमदान गरी निर्माण गरिएको उक्त भवन जीर्ण भएपछि त्यसलाई भत्काएर सामुदायिक भवनको रुपमा पुनः निर्माण गरिएको तमानखोला गाउँपालिका ३ का अध्यक्ष झक बहादुर बुढाले बताउनु भयो । तमानखोला गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को दश लाख बजेट विनियोजन गरेर निर्माण सुरु गरिएको उक्त भवन दुई तलाकै पुरानो आर्दश गाउँ पञ्चायतकै डिजाइनमा बन्ने छ ।

भवन निर्माण सम्पन्न पश्चात माथिल्लो तलामा सामुदायिक पुस्तकालय (ई लाइब्रेरी बनाउने भुँई तलामा तत्काललाई वडा कार्यालय निर्माणाधीन अवस्थामा रहेका कारण वडा कार्यालय सञ्चालन गरिने र वडा कार्यालय निर्माण सम्पन्न पश्चात वडाले संरक्षण गर्ने गरी पाहुना घर अथवा पर्यटकीय सूचना घर बनाउने गरी लक्ष्य लिइएको वडा अध्यक्ष बुढाले बताउनु भयो ।

गाउँ पञ्चायत घरको रुपमा रहेको तमानको उक्त घरबाट त्यस समयका पञ्चायत प्रमुखले साविक धवलागिरी अञ्चलमै नागरिकलाई राम्रो सँग जिम्मेवारी बहन गरेका कारण आर्दश गाउँ पञ्चायतको रुपमा मान्यता दिइएको पाइन्छ । साविक तमान, लाम्मेला, खुँगा, लुकुरवन, नर्जाखुङ्खानी गरी ६ गाउँका नागरिकलाई सेवा दिइने गरिन्थ्यो ।

ठुलो एरियामा शासन चल्ने गरी ६ गाउँका जनताले २०१५ सालतिर भवन निर्माण गरेका थिए । उक्त पञ्चायत भवनबाट पहिलो पञ्च प्रधान थम बहादुर शेरचन, दीर्घ नारायण शेरचन, क्याप्टेन भक्त बहादुर बुढाथोकी, ,धन बहादुर गौचन, र बालनरसिंह भट्टचनले सेवा दिइएको पाइन्छ ।

, क्याप्टेन भक्त बहादुर बुढाथोकी र बालनरसिंह भट्टचनले दुई कार्यकाल सम्म सेवा दिनुभएको त्यहाँका बूढापाका बताउँछन । आगामी असार मसान्त सम्म निर्माण सम्पन्न गरिने भवनको काम अन्तिम चरणमा छ ।

पुराना सामाग्रि लाई समेत प्रयोग गरी निर्माण थालिएको भवन स्थानीय ढुँगा माटो र काठकै प्रयोगबाट बन्दै गरेको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित