लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा निः शुल्क आँखा तथा दन्त रोगको परिक्षण एवम् परामर्श कार्यक्रम ।


बुर्तिबाङ बैशाख ३० गते
लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा विभिन्न विद्यालयमा विद्यार्थीको आँखा तथा दाँतको परिक्षण एवम् उपचार शिविर सुरु गरिएको छ ।
विद्यार्थीको आँखा तथा दाँतमा समस्या देखिने र समयमा उपचार नगरे त्यसले ठुलो समस्या निम्त्याउन सक्ने भएका कारण सचेतना सँगै उपचार शिविर सुरु गरिएको हो ।

 आइतबार बुर्तिबाङ स्थित रिभरहेड इनटरनेशनल एकेडेमीमा ३५० विद्यार्थी र शिक्षकको निशुल्क रुपमा ओपिडी आँखा तथा दन्त परिक्षण गरिएको हो ।
दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्री र दन्त चिकित्सक भावना अधिकारीको उपस्थिति मा बोर्डिङमा अध्ययनरत विद्यार्थी र केही शिक्षकको गरी ३५० जनाको परिक्षण गरिएको हो । परिक्षण गरिएका मध्ये ७० जना विद्यार्थीमा आँखाको समस्या रहेको पाइएको छ ।

जसमध्ये १७ जनामा दूर दृष्टिको समस्या रहेको, १० जना अदूर दृष्टि, ३ जना अल्छी आँखा, ४ जनामा डेडो, १ जनाको आँखा हल्लने समस्या र १ जनामा मोतिया बिन्दुको समस्या रहेको दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्रीले बताउनु भयो ।

त्यस्तै ४० जना विद्यार्थीमा दाँतको समस्या रहेको पाइएको थियो । जसमध्ये १५ जनाको दाँत निकालिएको, अन्यलाई औषधी उपलब्ध गराइएको हो ।

शिविर सञ्चालन सँगै अभिभावक, तथा विद्यार्थी खुसी भएका छन । निशुल्क रुपमा उपचार तथा परामर्श दिइएका कारण लायन्स क्लबले निकै राम्रो काम गर्दे आइरहेको विद्यालयका प्रिन्सिपल विकास प्रधानले बताउनु भयो । 


लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष राम प्रसाद आर्चाय ले बोल्दै समाज सेवा सँग नजिक रहँदै आएको यस क्लबले विद्यार्थीमा रहेको समस्यालाई सम्बोधन गर्न र अभिभावकले ध्यान दिन नसकेको अवस्थामा सानो समस्या पनि भोलिका दिनमा ठुलो रूप लिन सक्ने र विद्यार्थीको भविष्यमा नै समस्या सृजना हुन सक्ने अवस्थालाई मध्यनजर राख्दै यस्ता शिविर कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

 निशुल्क रुपमा सञ्चालन भएको शिविरमा दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्री र दन्त चिकित्सक भावना अधिकारीको सहयोग रहेको छ । औपचारिक कार्यक्रम लायन्स क्लब अफ ढोरपाटन शन २०२४÷०२५ का अध्यक्ष छविलाल पाण्डेले सञ्चालन गर्नुभएको हो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित