बुर्तिबाङमा सकियो मेयर कप प्रोफेसनल आईटीएफ तेक्वान्डो राष्ट्रिय प्रतियोगिता ।

बुर्तिबाङ बैशाख ८ गते

बागलुङको ढोरपाटनमा शुक्रबार देखि सुरु भएको दुई दिने मेयर कप प्रोफेसनल आईटीएफ तेक्वान्डो राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ ।

बागलुङ जिल्ला आईटीएफ तेक्वान्डो संघको आयोजनामा ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा सुरु भएको प्रतियोगितामा महिला तर्फ नेपाल आर्मीका निकिता धिमाल प्रथम, कोशी प्रदेशबाट सजिना तामाङ द्विर्तीय र कोशी प्रदेशकै कुसुम राजवंशी तिर्तीय भएका छन ।

त्यस्तै पुरुष तर्फ मधेश प्रदेशबाट सुभास तामाङ प्रथम, नेपाल पुलिसबाट श्री प्रसाद बूढा मगर, नेपाल आर्मी कै अनिल तामाङ तिर्तीय भएका छन । देशका ७ प्रदेश, ३ विभाग , १ आयोजक गरी ११ टिमबाट ब्ल्याकबेल्ट प्राप्त राष्ट्रिय स्तरको गेम खेलिसकेका खेलाडीको सहभागिता रहेको थियो । महिला र पुरुष दुबै तर्फ च्याम्पियनले ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरेका छन ।

प्रतियोगितामा प्रत्यक टिमबाट समान दुई पुरुष र महिला खेलाडीको बिचमा प्रतिस्पर्धा भएको थियो । कुल ४४ खेलाडीले दुई स्वर्णपदक, ट्रफी र नगद पुरस्कार प्राप्त गरेका हुन।

आयोजित समापन सत्रको कार्यक्रम ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको प्रमुख आतिथ्यता , जिल्ला अध्यक्ष प्रतीक घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल अन्तराष्ट्रिय टेक्वान्डो महासंघ केन्द्रीय अध्यक्ष प्रविण कुमार कार्की , नेपाल अन्तराष्ट्रिय टेक्वान्डो महासंघ केन्द्रीय उपाध्यक्ष तथा रेफ्री प्रमुख राज मन्दिप श्रेष्ठ लगायत केन्द्रिय र प्रदेश समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित