“अशल भएर ऋण लिनु पर्छ ,अशल भएर ऋण तिर्नु पनि पर्छ” मेयर नेपाली

विनोद विश्वकर्मा,बुर्तिबाङ
धैलागिरी लघु वित्त वित्तिय संथा लि. बुर्तिबाङ शाखाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय शाक्षारता कार्यक्रमम सम्पन्न गरेको छ ।
मंगलबार ढोरपाटन नगरपालिका प्रमुख देव कुमार नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको हो । प्रमुख अतिथिको रुपमा रहनु भएका मेयर नेपालीले लघुवित्त संस्थाले महिला दिदी बहिनीलाई संगठित गर्न सकेकोमा खुशी लागेको बताउनु भयो । लघुवित्त बाट ऋण लिएर विभिन्न उद्यमको काम गर्न अनुरोध गर्न भयो ।
“अशल भएर ऋण लिनु पनि पर्छ अशल भएर ऋण तिर्नु पनि पर्छ,गाउँ शिक्षाको गुणस्तिरियता कमजोर भएकोे कारण गाउँका दिदी बहिनी बच्चा पढाउन बजार झर्ने र गाउँका जग्गा बाँझो बस्ने गरेको छ त्यसकारण हामि पर निभर भयौ त्यसैले अहिले अर्थतन्त्रमा परर्निभर भएका छौ” मेयर नेपालीले भन्नु भयो ।


कार्यक्रममा विशिष्ट अतिथि धवलागिरी लघुवित्त लि.का कार्यकारी अधिकृत मिन बहादुर बोहराले लघुवित्त संस्थाहरु मिलेर अगाडी बढेमा देशमा सम्बृद्धि लिन सफल हुने बताउनु भएको छ । अहिलेको सन्दर्भमा बच्चालाई कुलत बाट फस्ने जोखीम धेरै भएको र त्यसलाई नियन्त्रण गर्नको लागि महिला दिदी बहिनीको महत्वपुर्ण स्थान रहने भनाई राख्नु भयो । त्यस्तै कार्यक्रमका अतिथि सेयर सदस्य नेत्रलाल चालिसेले सही तरिकाले ऋण लिने र दिने गरेमा अहिले बजारमा फैलिएको हल्लाले लघुवित्तलाई कुनैै असर नपार्ने जिकिर गर्नु भयो ।


कार्यक्रममा अवसरमा संस्थाका धनिष्ठ अधिकृत तथा अशुलि विभाग शाहयक टंक प्रसाद ढकालले कार्यक्रममो बारेमा स्पष्ट पार्नु भएको थियो । यस्तै लिला बहादुर बुढा,नेपाल बैंक बुर्तिबाङ शाखाका शाखा प्रबन्धक सुनिल चौधरी प्रभु बैंक शाखा प्रबन्धक खिम बहादुर खत्री,लगायतले कार्यक्रममा मन्तन्य व्याक्त गरेका थिए । कार्यक्रममा प्रेम पौडेल, गरिमा बैंकका शाखा प्रमुख जित बहादुर गर्बुजा , ग्लोवल आईएम इ बैंक शाखा प्रमुख ईश्वर राज भन्डारी ,नेस्डो सम्बृद लघुवित्त शाखा प्रमुख पुष्पा मल्ल लगाएत ११९ वटै केन्दका केन्द्र प्रमुख हरुको उपस्थिति रहेको थियो ।


कार्यक्रम धौलागिरी लघुवित्त केन्द्र नं ६० की लेखा कुमारी घर्तिको अध्यक्षता , धौलागिरी लघुवित्त बुर्तिबाङ शाखा प्रमुख धनमायाँ श्रिषको स्वागत र लघुवित्तका गुल्मी धुर्कोट शाखाका शाखा प्रमुख चिरणजिवी पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img