बागलुङ क्षेत्र नं. २ मा सँघतर्फ ९ ,दुई प्रदेश सभामा १४ जनाको उमेद्वारी दर्ता

असोज २३ गते
बागलुङको क्षेत्र नंं २ मा सँघिय निर्वाचनका निम्ती स्वतन्त्र सहित ९ जनाको उमेदवारी दर्ता भएको छ ।त्यसैगरी प्रदेश सभा तर्फ (क) तर्फ ४ जना र (ख) तर्फ १० गरी २३ जनाले उमेद्वारी दर्ता गराएका हुन ।

संघिय निर्वाचन तर्फ साझा गठवन्धनको तर्फदेखि निर्वाचनमा शिक्षा विज्ञान तथा प्रविधी मन्त्री एवं नेकपा माओबादी केन्द्रका केन्द्रिय सचिव देवेन्द्र पौडेलले आफनो उमेद्वारी निर्वाचन कार्यालयमा पुगेर दर्ता गराउनु भएको हो नेकपा एमालेको तर्फदेखि प्रदेश कमिटी सदस्य मन्जु सर्मा चालिसे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अञ्चल शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्री, नेशनल अर्गनाइजेशन पार्टीबाट गोर्वधन घर्ती मगर, चित्र प्रसाद गुरुङ नेकपा जनमुक्ति पार्टी,स्वतन्त्र तर्फ तुल्सिराम अर्याल, गणेश कुमार थापा र डिल बहादुर कार्कीले उमेद्वारी दर्ता गराउनु भएको हो ।

त्यस्तैगरी बागलुङ क्षेत्र नं. २ प्रदेशसभा (ख) तर्फ ९ जनाको उमेद्वारी दर्ता भएको छ । साझा गठवन्धनको तर्फबाट नेपाली कांग्रेस केन्द्रिय महादिवेशन प्रतिनिधी दोर्ण कुमार कुवंरले उमेद्वारी दर्ता गराउनु भएको हो । त्यसैगरी नेकपा एमालेको तर्फदेखि जिल्ला उपाध्यक्ष लक्ष्मण पुनले मनोनय दर्ता गराउनु भएको छ

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शान्ता कुमारी चन्द, जनता समाजवादी पार्टीबाट गंगा बहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीबाट तारा बहादुर घर्ती, उमेद्वारी दर्ता गराउनु भएको छ । स्वतन्त्र तर्फ दिपक थापा, नरबहादुर गुरुङ र दुर्गादेवी घर्ती कर्मती पुन र टेक प्रसाद कामीले आफनो उमेद्वारी दर्ता गराउनु भएको हो ।

प्रदेश सभा (क) तर्फ ४ जनाको उमेद्वारी दर्ता भएकोमा साझा गठवन्धनको तर्फदेखि नेपाली काँग्रेस जिल्ला सभापती जित बहादुर शेरचन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संकर खरेल र स्वतन्त्रबाट प्रकाश घर्ती, भिमलाल पोख्रेलले आफनो उमेद्वारी दर्ता गराउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img