पौष २६ गते बुर्तिबाङ
निसीखोला दोश्रो लघु जलविधुत सहकारी संस्था लिमिटेड निसीखोला गाउँपालिका ४ को सातौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ध्रुवराज रेग्मी रेग्मीको अध्यक्षतामा आयोजीत कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरको प्रमुख आतिथ्यतामा कार्यक्तम सम्पन्न भएको हो ।
सांसद कुवँरले बोल्दै निसीखोला दोश्रो लघुजलविधुत सहकारी संस्थाले नागरीकको सहभागिता, अपनत्व र अपन्तव संगै सक्रिय रुपमा अगाडी बढाएको बताउँदै विधुत र सहकारी मार्फत उदाहरणीय संस्थाको रुपमा अगाडी बढाएकोमा व्यवस्थापक समितीलाई धन्यबाद दिनुभयो ।
सांसद कुवँरले थप बोल्दै आफनो निर्वाचन क्षेत्रमा आफु प्रदेश सभा सांसद हुँदै गर्दा धेरै कामहरु गरीरहेको बताउँदै जनताको आशा र अपेक्षा धेरै हुँदा अझैपनी सडक, खानेपानी, केन्द्रिय विधुत विस्तार, शिक्षा स्वास्थ्य लगाएत थुप्रै काम गर्न बाँकी रहेको बताउनु भयो ।
नागरीकको आशा अपेक्षालाई क्रमिक रुपमा पुरा गर्नका निम्ती यसक्षेत्रमा सुशासन, समृद्धी र विकासका आयाम बढाउन आफु निरन्तर लागिपरेको बताउनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेश निर्वतमान सांसद खिम विक्रम शाही, निसीखोला गाउँपालिका निवर्तमान अध्यक्ष तारानाथ पौडेल, वडा नम्बर ४ का अध्यक्ष टिकानिधी पौडेल, वडा नम्बर ७ का अध्यक्ष दिपक कुवँर ,स्थानीय जनप्रतिनिधी, सेयर सदस्य लगाएतको आतिथ्यता एव्म शुभकामना मन्तव्य रहेको हो ।
कार्यक्रममा अध्यक्ष ध्रुवराज रेग्मी रेग्मीद्धारा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाका अवस्था, सेवा विस्तार, आर्थिक अवस्था,भावि कार्ययोजना लगाएतका विषयमा प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
त्यस्तै संस्थाका कोषाध्यक्ष चेतराम पौडेल द्धारा संस्थाको अवस्था संगै आर्थिक विवरण प्रस्तुत गर्नुभएको हो । पश्चिम बागलुङमा केन्द्रिय विधुत संग मर्ज गरी विधुत सेवा विस्तार गरेको हो ।
आर्थिक बर्ष २०८१÷०८२ को आय विवरण अनुसार ८८ लाख ८७ हजार ९ सय ७६ रुपैयाँ र कुल खर्च ७० लाख ४२ हजार ८ सय ९५ रुपैयाँ बराबरको खर्च विवरण प्रस्तुत गरीएको हो । कार्यक्रम संस्थाका सचिव खिम विक्रम गिरीको सञ्चालनमा सम्पन्न भएको हो ।
निसीखोला दोश्रो लघु जलविधुत सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा ।










