अधिकारीचौर स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर हुँदै ।

ढोरपाटन नगरपालिकाको आयोजनामा भोलीदेखि दुई दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
जनताको स्वास्थ्य संग नगर उपप्रमुख कार्यक्रम अन्र्तगत वडा नम्बर ५ को अधिकारीचौर स्वास्थ्य चौकी शैखोलामा चैत्र २० र २१ गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

दुर्गम गाउँका नागरिकको स्वास्थ्य समस्यालाई लक्षित गर्दे नगरपालिकाले विभिन्न समस्या भएका नागरिकको विशेषज्ञ डाक्टर द्धारा स्वास्थ्य परिक्षण र उपचारको व्यवस्था मिलाएको कार्यवाहक नगर प्रमुख धन बहादुर कायतले बताउनु भयो ।

शिविरमा रुपन्देही ग्यास्ट्रो क्लिनिक बुटवल, देवदह मेडिकल कलेज तथा बुर्तिबाङ अस्पत्तालबाट विशेषज्ञ डाक्टरले नागरिकको स्वास्थ्य चेकजाँच र उपचार गर्न भएका छन ।

शिविर मार्फत स्वास्थ्य चेकजाँच, मुटुको इसिजी, भिडियो एक्सरे, आँखा चेकजाँच तथा चस्मा वितरण, हार्डजोनी, नशा, बालरोग, योन रोग, पाठ्यघरका मुखको क्यान्सर जाँच, रगत दिशा पिसाब, खकार जाँच, गर्भवती महिलाको चेकजाँच , परिवार नियोजन, नसर्ने रोगको स्क्रिनिङ,कुपोषित बच्चाको उपचार र लाईपोमा गाठागुठिको सामान्य चिरफार लाइपोमा सेवा उपलब्ध रहेको जनाईएको छ ।

त्यस्तै जेष्ठ नागरिकलाई सहाराका लागी लाठ्ठी वितरण कार्यक्रम आयोजना गरिएको जनाइएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img