बुर्तिबाङ खानेपानी तथा सरसफाई उपभोक्ता समिती गठन ।

ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेको खानपानी उपभोक्ता तथा सरसफाई समितीको मंगलबार गठन गरीएको छ ।

वडा नम्बर १ मा बजारबासीलाई स्वच्छ पर्याप्त खानेपानी खुवाउने र सरसफाईका क्षेत्रमा समेत काम गर्ने गरी नर बहादुर गुरुङ अध्यक्ष रहेको १३ सदस्य समितीको गठन गरीएको हो । उपभोक्तामा दर्ता भएका ६८६ जना मध्ये १३ जनाको निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता भएको थियो ।

जसबाट नरबहादुर गुरुङ अध्यक्ष रहने गरी समितीको गठन भएको हो ।
समितीको उपाध्यक्षमा जित कुमारी माझी, सचिव गोविन्द वस्नेत, कोषाध्यक्ष पम्फा सापकोटा पौडेल चयन हुनुभएको छ । त्यस्तै खुल्ला सदस्यमा टँक पौडेल, लोक बहादुर विश्वकर्मा, टिकालाल शर्मा सुवेदी, टोप बहादुर के.सी., राम विश्वकर्मा, गणेश विश्वकर्मा , चयन हुनुभएको हो ।

युवा महिला सदस्य तर्फ पार्वती पौडेल, जनजाती÷अल्पसंख्यक महिला तर्फ केशरी राना, दलित महिला सदस्य तर्फ पूर्णिमा दर्जि रहनु भएको ढोरपाटन नगरपालिका १ का वडा सदस्य गोपाल महतले बताउनु भयो ।
प्रथम कार्यसमिती रहेको उक्त समितीको कार्यकाल ४ बर्ष अवधीको रहने छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img