लायन्स क्लब बुर्तिबाङद्धारा सरस्वती माविमा सचेतनामूलक कार्यक्रम तथा स्टेशनरी हस्तान्त्रण ।

बुर्तिबाङ पौष ८ गते
लायन्स क्लब अफ बुर्तिबाङको आयोजनामा ढोरपाटन नगरपालिका ९ मा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दे सचेतना मूलक कार्यक्रम तथा विद्यार्थीलाई स्टेशनरी हस्तान्त्रण कार्यक्रम गरीएको छ ।

विभिन्न सामाजिक कार्यक्रम गर्दे आइरहेको क्लबले विद्यालयमा अध्ययनरत विद्यार्थी र उनिहरुका अभिभावकको विचमा मानव वेचविखन, घरेलु हिँसा, वाल विवाह र साइवर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरीएको हो ।

दुर्गम गाउँमा सचेतनाको अभावका कारण हुन सक्ने समस्यालाई लक्षित गर्दे विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी र उनिहरुका अभिभाकलाई सचेतना जगाइएको हो ।
लायन्स क्लब अफ बुर्तिबाङका अध्यक्ष शान्ती पौडेलको अध्यक्षतामा आयोजीत कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले सचेतना मूलक प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्माद्धारा स्वास्थ्य क्षेत्रमा ध्यान दिनुपर्ने विषयमा धारणा राख्नु भएको हो ।

लायन्स क्लब बागलुङ डिस्ट्रीक चियर पर्सन तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य छविलाल पाण्डेले बोल्दै लायन्स क्लबले शिक्षा, स्वास्थ्य, विपद तथा वातावरणीय क्षेत्रमा धेरै काम गर्दे आइरहेको बताउँदै लायन्स क्लब अफ बुर्तिबाङले दुर्गम क्षेत्रमा पुगेर गरीएका सचेतना मूलक कार्यक्रम र स्टेशनरी हस्तान्त्रणले सचेतना बृद्धि र विद्यार्थीको पठन पाठनमा सहजता हुने अपेक्षा गर्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष शान्ती पौडेलले बोल्दै लायन्स क्लब अफ बुर्तिबाङ स्थापना संगै विभिन्न सामाजिक कार्यमा अगाडी बढिरहेको र शिक्षा स्वास्थ्य, विपदद जस्ता विषयमा जहाँ समस्या र आवस्यकता रहन्छ त्यहाँ आफुहरुले समोन्य गर्दे आएको बताउनु भयो ।
कार्यक्रममा अवसरमा ६० जना बढि विद्यार्थीलाई स्टेशनरी सामाग्रि हस्तान्त्रण गरीएको हो ।
कार्यक्रमका अवसरमा बुर्तिबाङ अस्पत्तालका प्रमुख डा. अविनाश पोख्रेल, ढोरपाटन नगरपालिका ९ का वडा सदस्य नरमती पुन, विद्यालयका प्रध्यानाध्यापक थम प्रकाश जैसी लगाएतको आतिथ्यता एव्म शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ निसीखोलाका अध्यक्ष अशोक कार्की, लायन्स क्लब बुर्तिबाङका पदाधिकारी, स्थानीय अभिभावक, शिक्षक विद्यार्थी लगाएतको उपश्थिती रहेको थियो ।
कार्यक्रम लायन्स क्लब अफ बुर्तिबाङका सचिव भिम कुमारी क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img