२०८२ मंसिर १२ बुर्तिबाङ
शिशिर विश्वोकर्मा ,
ढोरपाटन नगरपालिकाको आयोजनामा उत्तर गंगा माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको ७ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन आज विभिन्न ८ खेल तथा इभेन्टका खेलहरू सम्पन्न भएका छन् ।

उत्तर गंगा माविमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन सम्पन्न खेलहरूमा २०० मिटरमा छात्रातर्फ भुजी माविकी पुष्पा बिक, छात्रतर्फ उत्तर गंगा माविका केशव खत्री; ४०० मिटरमा छात्रातर्फ सरस्वती माविकी विष्णु बिक, छात्रतर्फ उत्तर गंगाका अविशेख परियार; ८०० मिटरमा छात्रातर्फ सरस्वती माविकी प्रेमकली बिक, छात्रतर्फ भुजीमा माविका दिलीप बिक प्रथम भएका छन् ।
बिहानैदेखि खेलमैदानमा विद्यार्थी, अभिभावक र दर्शकहरूको उत्साहपूर्ण उपस्थिति बढ्दै गइरहेकाले प्रतिस्पर्धा झनै रोमाञ्चक र ऊर्जा–पूर्ण बनेको थियो । त्यस्तै फिल्ड इभेन्टतर्फ लङ जम्पमा छात्रातर्फ जनता बोर्डिङकी शिर्ष पुन, हाइ जममा उत्तर गंगाकी नमुना अदै, ज्यास्मिनमा सोही विद्यालयकी रिता विक, र सट पुटमा सरस्वती माविकी प्रमिला विकले शीर्ष स्थान हासिल गर्दै प्रतियोगिताको दोस्रो दिनलाई प्रतिस्पर्धात्मक र उत्साहपूर्ण बताइरहेको खेल संयोजक चित्र बहादुर पुनले जानकारी दिनुभयो ।

छात्रा तर्फ लङ जम्पमा शिर्षक पुन जनता बोर्डिङका प्रथम, आशा सिर्पाली दिद्धिय प्रकाश माविका उत्तर गंगा माध्यमिक विद्यलका नमुना अदै तितृय , हाइ जम्पमा उत्तर गंगा माध्यमिक विद्यालयका नमुना अदै प्रथम, प्रकाश माध्यमिक विद्यालयका आशा सिर्पाली दोस्रो, शिवालय माध्यमिक विद्यालयका शिनिया विक तेस्रो भएकी छिन् ।
ज्याभलिनमा उत्तर गंगा माध्यमिक विद्यालयका रिता विक प्रथम, प्रकाश माध्यमिक विद्यालयका अञ्जना सिर्पाली दोस्रो, छोरेगाँउ माध्यमिक विद्यालयका कृष्ण कुमारी विक तेस्रो भएका छन् । सट पुटमा सरस्वती माध्यमिक विद्यालयका प्रमिला विक प्रथम, शिवालय माध्यमिक विद्यालयका कोपिला विक दोस्रो, छोरेगाँउ माध्यमिक विद्यालय रेणुका विक तेस्रो बनेका छन् ।
भोलि छात्रा भलिबलमा जनता बोर्डिङ र उत्तर गंगा तथा छात्रतर्फ छोरेगाँउ–ज्ञानोदय र घोसाखानी–रिभरहेड एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।










