२०८२ कार्तिक २० बुर्तिबाङ,
बागलुङ । बागलुङमा निर्वाचनको तयारी अनुसार मतदाता नामावली संकलन भइरहेको छ आगमी फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बागलुङ तयारीमा जुटेको छ ।

कार्यालयले मतदाता नामावली संकलन, ठाउँसरी र त्रुटी सञ्चाउने कार्य कार्यालयबाट दैनिक रुपमा गरिरहेको छ । निर्वाचन आयोगको निर्देशन अनुसार असोज नौ गतेपछि अनलाइन र कार्यालय दुबै स्थानबाट ठाउँसरी र त्रुटी सञ्चाउने काम भइरहेको छ भने कार्यालयबाट नयाँ मतदाता नामावली संकलनको काम भइरहेको छ ।
निर्वाचनको मिति घोषणा भएको असोजको नौ गतेपछि अहिले सम्म बागलुङ जिल्लामा ३९३ मतदाता नामावली संकलन गरिएको १९८ जनाको ठाउँसरी गरिएको र ३० जनाको त्रुटी सच्चाइएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयलाई कात्तिक मसान्त सम्म मतदाता नामावली संकलन र अध्यावधिकको काम गर्नु भनी आएको परिपत्र अनुसार दैनिक नयाँ मतदाता नामावली दर्ता र अध्यावधिकको काम भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख तथा निर्वाचन अधिकारी यज्ञ प्रसाद रिजालले जानकारी दिनुभयो ।
उहाँले नयाँ नामावली दर्ता, ठाउँसारी र त्रुटी सच्चाउने काम जिल्ला निर्वाचन कार्याय बागलुङबाट भइरहेको बताउनुभयो । उहाँले नेपालका जुनसुकै निर्वाचन कार्यालयबाट नामावली संकलनको काम समेत गर्न सकिने बताउदै बागलुङ जिल्ला ठेगाना भएकाले यही निर्वाचन कार्यालय आउनुपर्छ भन्ने नरहेको बताउनुभयो ।
ठाउँसरीका लागि भने बसाइसराइँ दर्ता प्रमाण पत्र अथवा बिवाह दर्ताको प्रमाण अनिवार्य रहेको बताउनुभयो । यस्तै नागरिकता नम्बर सच्चाउने, नाम, बाबु आमाको नाम तथा निर्वाचन स्थल लगायतको त्रुटी समेत सञ्चाउने कार्य भइरहेको बताउनुभयो ।
नयाँ नामावली दर्ताका लागि अनलाईन फारम भरेर जैविक विवरण बुझाउन भने कार्यालयमै आउनुपर्ने रिजालको भनाई छ । निर्वाचनको मिति घोषणा भएको असोजको नौ गतेपछि अहिले सम्म बागलुङ जिल्लामा ३९३ मतदाता नामावली संकलन गरिएको १९८ जनाको ठाउँसरी गरिएको र ३० जनाको त्रुटी सच्चाइएको उहाँको भनाई छ ।
अहिले जिल्लाको इलाका प्रशासन कार्यालय र स्थानीय तहबाट नामावली दर्ता तथा अध्यावधिकको काम नभएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । कात्तिक ३० गते सम्म नयाँ मतदाता नामावली दर्ता र ठाउँ सरी गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।
पालिका र इलाकामा नामावली दर्ताको संभावना हाललाई नभएको आयोगको भनाई छ । जनशक्ति, बजेट तथा निर्वाचन तालिका अनुसार जिल्ला निर्वाचन कार्यालयबाट मात्रै नामावली संकलनको व्यवस्था मिलाइएको छ । बागलुङमा पछिल्लो अध्यावधिक मतदाता नामावली अनुसार एक लाख ७९ हजार १७३ मतदाता रहेका छन् । जसमध्ये महिला ९७ हजार ३४ जना र पुरुष ९२ हजार १३९ जना रहेका छन् ।
जिल्लामा १०६ मतदान स्थल रहेका छन् भने मतदाताको संख्याका आधारमा केन्द्र व्यवस्थापन गरिनेछ । कात्तिक ३० गते सम्म जिल्लामा मतदाताको संख्या केही मात्रमा बढ्ने देखिएको छ । मतदानस्थलको समिक्षा र ठाउँसरीको विषयमा समेत आयोगले काम शुरु गर्न थालेको छ ।










