डोटीमा मृत भेटिएकी शिक्षिकाको सुसाइड नोट स् अर्काको श्रीमान्‌सँग जीवन जिउन सकिएन ।।

२०८२ कार्तिक १२ बुर्तिबाङ,

डोटीमा शिक्षिका मृत भेटिएको घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वीचौकी गाउँपालिका(१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का मृत भेटिएको घटनामा शिक्षा तथा समन्वय एकाइ डोटीमा विद्यालय निरीक्षक ९विनि० पदमा कार्यरत २८ वर्षीय गणेश रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० दीपेन्द्र पालले मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा शिखर नगरपालिका(११ घर भएका रावललाई पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार मृतक खड्का बाजुराको बुढीगंगा नगरपालिका(५ स्थित भानुदय नमुना माध्यमिक विद्यालयमा गणित शिक्षकका रूपमा कार्यरत थिइन् । सोमबार दिउँसो घरबाट सम्पर्कविहीन भएकी खड्का करिब ७०० मिटरको दूरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएर खड्कासँग रावलको प्रेमसम्बन्ध रहेको र उनैले दिएको मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य पारेको देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । अन्लाइन खबर

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img