बुर्तिबाङमा सुरु भयो निःशुल्क महिला स्वास्थ्य शिविर ।

कार्तिक १० गते ढोरपाटन
रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा सोमबार देखि निःशुल्क महिला स्वास्थ्य शिविर सुरु भएको छ ।
कार्तिक १० देखि १३ गतेसम्म सञ्चालन हुने शिविरमा महिला स्वास्थ्य सम्बन्धी समस्या पाठेघर खसेको, पाठेघरको मुखको समस्या तथा स्तन सम्बन्धी समस्या भएका विरामीको चेकजाँच तथा उपचार सुरु भएको छ ।

शिविर सञ्चालन अगावै एक औपचारीक कार्यक्रम मार्फत अगाडी बढिएको हो । कार्यक्रम रोटरी क्लब अफ फिस्टल पोखराका अध्यक्ष कमला गिरीको अध्यक्षता, डिस्ट्रीक गर्भनर विनोद कोइरालाको प्रमुख आतिथ्यता, गण्डकी प्रदेश सभा सदस्य माननीय दिलमाया पौवीको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी कोइरालाले बोल्दै रोटरी क्लबले नागरिकको विचमा पुगेर स्वास्थ्य, शिक्षा, सचेतना र समस्यामा मल्हम लगाउने कार्य गर्दे आएको बताउँदै बागलुङको दुर्गम क्षेत्रमा यहाँका नागरिकको समस्यालाई मध्यनजर राख्दै यहाँका क्लब संग समोन्य गरेर शिविर सञ्चालन गरीएको बताउनु भयो ।

त्यस्तै विशिष्ठ अतिथी माननीय दिलमाया पौवीले बोल्दै दुर दराजमा आर्थिक अभावका कारण उपचारबाट बञ्चित भई रोग लुकाएर बसेका आमा दिदी बहिनीका निम्ती शिविरले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै नागरिकको स्वास्थय सेवामा राज्यले मात्र नभई संघसंस्थाले पनी यसरी भुमिका खेल्दा नागरिकले सहज सेवा प्राप्त गर्ने बताउनु भयो ।

कार्यक्रममा बुर्तिबाङ अस्पत्तालका प्रमुख डा. अविनाश पोख्रेल, डा. शान्तराज शर्मा, डा. केशवराज भुर्तेल रोटरी क्लब अफ बुर्तिबाङका अध्यक्ष धुर्व सुवेदी लगाएतको शुभकामना मन्तव्य रहेको थियो ।  ज्ञान बहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।

शिविरमा बागलुङको ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र वडिगाड गाउँपालिका सहित छिमेकी जिल्लाका नागरिकको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img