ढोरपाटनमा यूवा र होटल व्यवसायीलाई १० दिने बेकरी बनाउने तालिम ।

बागलुङको ढोरपाटन नगरपालिका ९ ढोरपाटनमा १० दिने बेकरी तालिम सम्पन्न भएको छ ।

स्थानीय यूवा र होम स्टे सञ्चालकहरुलाई लक्षित गर्दे युएनडिपी को आर्थिक तथा प्राविधिक सहयोग, ढोरपाटन नगरपालिकाको समोन्य र विवाईसी बागलुङको व्यवस्थापनमा १० दिने तालिम सम्पन्न भएको जनाइएको छ ।

यूवाहरुलाई स्थानीय स्तरमा उद्यमशिल बनाउने, आर्थिक रोजगारी संग जोड्ने र ढोरपाटन उपत्यकामा पर्यटकलाई राम्रो खाना, नास्टा र वस्नको व्यवस्थापन सहित दिगो बनाउने उदेश्य सहित तालिमको आयोजना गरीएको जनाइएको छ ।

समापन सत्रको कार्यक्रम होटल व्यवसायी मेरसिंह कायतको अध्यक्षता, बिवाईसी बागलुङका कार्यसमिती सदस्य प्रेम के.सी. को आतिथ्यता, सरोज घर्तिको स्वागत र उमेश घर्तिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img