अन्तर्राष्ट्रिय बागलुङ समाज कपको उपाधि गलकोट नगरपालिकालाई ।।

२०८२ कार्तिक २ बुर्तिबाङ ,
‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले हासिल गरेको छ । उपाधि चुमेको गलकोटले नगद रु।दुईलाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ

दोस्रोमा चित्त बुझाएको निसीखोलाले एक लाख प्राप्त गरेको थियो । फाईनल खेलमा निसीखोल गाउँपालिका र गलकोट नगरपालिका बीच प्रतिस्पर्धा भएको थियो । गलकोटले तीन सेट जित्दा निसीखोलाले दुई सेट जितेको थियो ।

यस्तै काठेखोलाले तेस्रो स्थान प्राप्त गरेको छ । काठेखोला गाउँपालिकाले ढोरपाटन नगरपालिकालाई हराउदै तेस्रो स्थानमा पुगेको थियो । तेस्रो भएको काठेखोलाले रू। ५० हजार जितेको छ ।

फाइनल खेलमा निसीखोला गाउँपालिकालाई ३(२ सेटमा पराजित गर्दै गलकोटले विजेता बनेको हो । गलकोटले निसिखोलालाई पहिलो, तेस्रो र पाँचौ सेटमा क्रमशः २७–२५, २५–२० र २४–२२ मा पराजित गर्दै उपाधी चुमेको हो ।

निसीखोलाले दोस्रो र चौथो सेटमा २५–१७ र २६–२४ को अन्तरमा गलकोटलाई पराजित गरेपनि अन्तिम सेटमा जित निकाल्न नसक्दा उपविजेतामा चित्त बुझायो ।

विजेता गलकोट टिमले ट्रफी र मेडलसहित रु। दुई लाख हात पार्यो । उपविजेता बनेको निसीखोलाले रू। एक लाख प्राप्त गर्यो । प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको काठेखाला गाउँपालिकाले रू।५० हजार र सान्त्वना बनेको ढोरपाटन नगरपालिकाले रू। २५ हजार पुरस्कार पायो । गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका दसवटै पालिकाका भलिबल टिमको सहभागिता जनाएका थिए ।

अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा आयोजित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु। दस हजार, उत्कृष्ट टिम प्रशिक्षकलाई रु। पाँच हजार र अन्य विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई रु। पाँच हजार प्रदान गरिएको समाजका सचिव एवं प्रतियोगिताका संयोजक राजु थापाले बताए । ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको थियो ।

जिल्ला भलिबल संघको व्यवस्थापन, खेलकुद विकास समिति, बागलुङ नगरपालिका र बागलुङ नगरपालिका ४ नं। वडा कार्यालयको समन्वयमा प्रतियोगिता सञ्चालन गरिएको थियो । आदर्श सञ्चार

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img