बुर्तिबाङ कोजाग्रत पूर्णिमा मेला: पूरुष भलिवलको उपाधी ढोरपाटन ६ लाई

 

बागलुङको बुर्तिबाङमा आयोजीत कोजाग्रत पूर्णिमा मेलाको उपाधी ढोरपाटन नगरपालिका ६ ले हात पारेको छ ।

गत असोज २० गतेदेखि सञ्चालित बुर्तिबाङ राईजिङ यूवा कल्बको २३ औँ बार्षिकोत्सव एवम पालिका कपका अवसरमा आयोजीत वडा स्तरीय पुरुष भलिवल प्रतियोगिताको फाइनल खेलमा गल्कोट नगरपालिका १० लाई पछाडी पार्दे ढोरपाटन नगरपालिका ६ ले उपाधी हात पारेको हो ।

वेस्ट अफ फाईभमा रहेको खेलमा ढोरपाटन नगरपालिका ६ ले ३ सेट र गल्कोट नगरपालिका १० ले २ सेट हात पार्न सफल भएको हो । १२ समुहको सहभागिता रहेको प्रतियोगितामा गल्कोट नगरपालिका १० दोश्रो हुन सफल भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर १ तेश्रो बन्न सफल भएको छ ।

प्रथम दिर्तिय र तिर्तिय हुने समुहले क्रमश २ लाख १० हजार १११ , १ लाख ५१ हजार १११, ५१ हजार १११ कप मेडल र प्रमाणपत्र हात पारेका छन ।

महिला भलिवल प्रतियोगिता तर्फ तमानखोला गाउँपालिका र वडिगाड गाउँपालिका विचको खेलमा ३—० को सोझो सेट सहित तमानखोला गाउँपालिका विजेता बनेको हो । प्रथम र दिर्तिय हुने समुहले क्रमश ५१ हजार १११, ३१,१११ सहित कप मेडल र प्रमाणपत्र हात पारेका छन ।

त्यस्तै ३५ बर्षमाथीको भेट्रान्स भलिवल तर्फ ढोरपाटन गल्कोट नगरपालिका ७ विजेता बनेको छ । नगरपालिका ६ र गल्कोट नगरपालिका ६ विचको खेलमा ३—० को सोझो सेट सहित गल्कोट नगरपालिका ७ विजेता र ढोरपाटन नगरपालिका ६ उपविजेता बनेके हो । प्रथम र दिर्तिय हुने समुहले क्रमश पैतिस हजार, पच्चिस हजार मेडल र प्रमाणपत्र हात पारेका हुन ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img