देवकुमार नेपाली दम्पती विरुद्ध डेढ अर्ब बिगोसहित सम्पती सुद्धिकरणको मुद्दा दर्ता ।

बागलुङ असोज २५

सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली विरुद्ध सरकारले सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ ।

बागलुङको जिल्ला सरकारी वकिलको कार्यालयले नेपाली विरुद्ध रु.एक अर्ब ५८ करोड विगो मागदावी सहित मुद्दा दायर गरेको हो । उनीमाथि बागलुङको इमेज सहकारी संस्थाको रकम हिनामिना गरी गैरकानूनी सम्पत्ति कमाएको आरोप छ । यस्तै उहाँकी श्रमती छेला नेपाली बिरुद्ध रु. ६ करोड ९८ लाख विगो मागदावी मुद्दा दर्ता गरिएको हो ।

पहिले सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएका नेपालीलाई बिहीबार सहकारी ठगीलाई आधार बनाएर जिल्ला अदालत बागलुङमा सम्पत्ति शुद्धीकरण मुद्दा पनि दर्ता गरिएको सरकारी वकिल कार्यालय बागलुङका जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

सहकारी ठगी छानबिन प्रतिवेदन र प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी वटै मुद्दा चलाउन सिफारिस गरिएको भएपनि यसअघि सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएको थियो ।

नेपाली ११ असोज, २०८१ मा उनी भारतमा पक्राउ परेका थिए । त्यसपछि नेपाल ल्याइएका उनी अदालतमा पेश भएपछि पुर्पक्षका लागि थुनामा छन् । नेपालीको श्रीमती छेला नेपाली भने फरार रहनुभएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पती सुद्धिकरण निवारण ऐन २०६४ अनुसार नेपाली लगायतमाथि १७ जनामाथि सम्पत्ति शुद्धीकरण लगायतमा मुद्दा चलाउनुपर्ने राय सहितको प्रतिवेदन तयार गरेको थियो । त्यही प्रतिवेदनका अनुसार नेपाली दम्पतीलाई सम्पती सुद्धिकरणको मुद्धा चलाइएको छ ।

 

 

न्यूज नयाँ विश्व

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img