वडिगाडमा खुल्यो लायन्स क्लब: अध्यक्षमा घिमिरे ।

बुर्तिबाङ असोज २५ गते
बागलुङको वडिगाड गाउँपालिका कार्यक्षेत्र बनाएर नरिश्वर घिमिरे अध्यक्ष रहेको २१ सदस्य लायन्स क्लब वडिगाड ३२५ एम स्थापना गरिएको हो ।
सामाजिक क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने उदेश्य सहित क्लबको स्थापना गरिएको लायन्स क्लब अफ बागलुङ गोल्डेन डिस्ट्रीक अर्थात मातृ क्लबका अध्यक्ष यसिन रोकाले बताउनु भयो ।
क्लबको प्रथम उपाध्यक्षमा रमेश बहादुर घिमिरे, दिर्तिय उपाध्यक्ष शिव बहादुर के.सी., तिर्तिय उपाध्यक्ष कल्पना खरेल, सचिव वोम कान्त पौडेल, कोषाध्यक्ष कमल प्रसाद खरेल चयन हुनुभएको छ ।
त्यस्तै सहसचिब कृष्ण भट्टराई, सह कोषाध्यक्ष पूर्ण कला खरेल लगाएत पदाधिकारी चयन गरिएको जनाइको हो । कार्यक्रम यसिन रोकाको अध्यक्षता, लायन्स क्लब प्रोटोकल चिफ दिनवन्दु पौडेलको प्रमुख आतिथ्यता, जिएमटी डिस्ट्रीक कोर्डिनेटर राजेश्वर आर्चाय, कलस्टर चिफ कोपिला श्रीस, जोन चियर पर्सन रुद्ध श्रीस लगाएतको आतिथ्यता एव्म शुभकामना मन्त्व्य रहेको हो ।
कार्यक्रम डिस्ट्रीक चार्टड प्रेसिडेन्ट निल प्रसाद आर्चायको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img