बुर्तिबाङमा प्रथम लायन्स कप सुरु

बुर्तिबाङ असोज २३ गते
लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा बिहीबार देखि बुर्तिबाङमा प्रथम लायन्स व्याडमिन्टन कप सुरु भएको छ ।
आजदेखि २५ गतेसम्म सञ्चालन रहने प्रतियोगिताका लागी बी लेवल तर्फ ३२ र सि लेवलमा ३२ गरी ६४ समुहको प्रतियोगितामा सहभागिता रहेको हो ।

आज पहिलो दिन औपचारीक कार्यक्रम सहित कार्यक्रमको सुभारम्भ गरिएको हो । लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष तेजेन्द्र खत्रीको अध्यक्षतामा आयोजीत कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले प्रमुख अतिथीको रुपमा उद्धघाटन गर्नुभएको हो ।

प्रमुख अतिथी कायतले बोल्दै खेलकुदको माध्यबाट व्याक्तिको क्षमताको विकास संगै राज्यलाई चिनाउन सहयोग पुग्ने बताउँदै खेलाडीहरुलाई सफलताको सुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा उत्कृष्ट समुह वि तर्फ क्रमश ५० हजार, ३० हजार र २० हजार ट्रफि मेडल र प्रमाणपत्र हात पर्ने भएका छन ।
त्यस्तै समुह सि तर्फ क्रमश ३० हजार, २० हजार र १५ हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पर्ने भएका हुन । कार्यक्रम बुर्तिबाङ कर्वड हलमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img