बुर्तिबाङ असोज २३
निसीखोला गाउँपालिका २ मा रहेको बाराही यूवा क्लब द्धारा आयोजीत कोजाग्रत पूर्णिमा मेला सुरु भएको छ । विविध खेलकुद एवंम सांस्कृर्तिक कार्यक्रम सहित आयोजीत मेलाको बुधबार निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले उद्धघाटन गर्नुभएको छ ।
क्लब अध्यक्ष सिव कार्कीको अध्यक्षतामा आयोजीत कार्यक्रममा पालिका अध्यक्ष घर्तिले प्रमुख अतिथीको रुपमा बोल्दै बाराही यूवा क्लबले खेलकुद संगै संस्कृर्तिको जर्गेना गर्न महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनु भयो ।
निसीखोला गाउँपालिका कला संस्कृर्ति र खेलकुदमा अब्बल हुँदै गर्दा क्लब संघसंस्थाको भुमिका महत्वपूर्ण रहेको बताउँदै अबका दिनमा क्लब संघसंस्थाले समाज रुपान्तरण मुखि अभियानमा जोडिन समेत अपिल गर्नुभयो । कार्यक्रमका अवसरमा मान बहादुर कार्की स्मृर्ति कोष मार्फत स्थानीय विद्यार्थीलाई स्टेशनरी उपलब्ध गराइएको छ ।
बराह आधारभुत विद्यालयमा अध्ययनरत जेहेन्दार १२ जना र ८ जना उत्कृष्ट विद्यार्थीका निम्ती कार्कीैका माइला छोरा भिम बहादुर कार्की, दिल बहादुर काकीद्धारा स्थापना गरिएको कोष मार्फत स्टेशनरी उपलब्ध गराइएको हो ।
कार्यक्रम क्बल सदस्य टेक बहादुर कार्कीको स्वागत, चर्चित गायक स्याम रानाको सांगितीक प्रस्तुती संगै उद्धघाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम ज्ञान बहादुर बलामीको सञ्चालनमा सम्पन्न भएको थियो ।
बाराही यूवा क्लब द्धारा आयोजीत मेलाको गाउँपालिका अध्यक्ष घर्तिद्धारा उद्धघाटन ।

